शंकर ग्रुपको जगदम्बा डण्डी बिक्रिमा रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 04:12:03 PM मा प्रकाशित

laxmi  sunrise bank

शंकर ग्रुपको जगदम्बा स्टिलले उत्पादन गर्दै आएको फलाले डण्डीको बिक्रिमा सरकारले रोक लगाएको छ। तोकिएको भन्दा कम गुणस्तर पाईएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले डण्डी बिक्रिमा रोक लगाएको हो। 

विभागले शुक्रबारै कम्पनीलाई पत्र लेखेर १६ एमएमको टिएमटी बार फी ५०० रड बिक्री नगर्न निर्देशन दिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बिजपाटीलाई बताए। 

जगदम्बा डण्डीको गुणस्तरलाई लिएर उपभोक्ताले उजुरी दिएपछि गरिएको परिक्षणमा गुणस्तर कमजोर पाईएपछि बिक्रिमा रोक लगाइएको  महानिर्देशक पुडासैनीले बताए। 

उनले भने, 'हामीले उक्त व्याचको सबै डण्डीहरु बजारबाट फिर्ता लिन निर्देशन दिएका छौं।'

बिभागले शंकर ग्रुपलाई भदौ १२ गते शुक्रबारको मितिले १५ दिनभित्र थप स्पष्टिकरण पेश गर्न पनि निर्देशन दिएको छ। जगदम्बाको १६ एमएमको टिएमटी बार फी ५०० को नमुना परीक्षण गर्दा कार्बनको मान ०.३० प्रतिशत ९म्याम्स० हुनुपर्नेमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६० प्रतिशत देखिएको छ। 

घर निर्माणको क्रममा मर्काउँदा जगदम्बाका रड भाँचिएपछि शंकर ग्रुपको जगदम्बा स्टिलको गुणस्तरबारेको यथार्थ बाहिर आएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved