निर्वाचन मोडालिटीमा पनि महासंघमा 'भाँडभैलो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2020 | 10:23:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघको आगामी निर्वाचनको मोडालिटी बनाउन गठन भएको समिति असफल भएको छ।  समितिका सदस्यहरुनै दुई पक्षमा  विभाजन भएपछि निर्वाचनको मोडालिटी नबनेको हो। 

६ सदस्य रहेको समितिमा एकै मोडालिटीमा सहमती नजुटेपछि दुवै पक्षले आ आफ्नो सुझाव अध्यक्ष भवानी राणालाई बुझाउने भएका छन्। 'ढकाल समुह तर्फका ३ जना र  शेखर गोल्छा तर्फका ३ जनाले आ-आफ्नो तरिकाले निर्वाचन मोडालिटीको प्रतिबेदन अध्यक्ष राणालाई बुझाउने भएका छन्, अब बाँकी निर्णय लिने काम अध्यक्षको नै हुनेछ' स्रोतले भन्यो। 

वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल समुहबाट समितिमा रहेका बिनोद ढकालले छलफलकै चरणमा रहेको निर्वाचन मोडालिटी बाहिर ल्याएको र त्यसमा नै हस्ताक्षर गरेर अगाडी बढ्नुपर्ने दबाब दिएपछि मोडालिटीमा सहमति नजुटेको अध्यक्ष बन्ने निश्चित भईसकेका गोल्छा तर्फबाट समितिमा रहेका एक सदस्यले बिजपाटीलाई बताए। 

कोरोनाका कारण निर्वाचन कहिले गर्ने भन्ने बिषयमा विवादमा फसेको महासंघ निर्वाचनको मोडालिटी बनाउने बिषयमा समेत झगडामा फसेको छ। निर्वाचन कहिले र कसरि गर्ने भन्ने बिषयमा किचलो बढेपछि दुवै समुहबाट ३-३ जना राखेर निर्वाचन मोडालिटी बनाउनलाई समिति गठन भएको थियो। समितिमा समितिमा अरुणराज सुमार्गी, बिनोद ढकाल, डिबि बस्नेत, भरत आचार्य, रंजित आचार्य र सुनिल गोपाल श्रेष्ठ छन्   

तर समितिका सदस्यहरुबीच नै निर्वाचन मोडालिटीको ड्राफ्टमा विवाद देखिएको हो। निर्वाचन मोडालिटीको ड्राफ्ट गत शुक्रबार नै अध्यक्ष भवानी राणालाई बुझाउने कार्यक्रम भएपनि दुवै समुहका सदस्यबीच विवाद देखिएपछि स्थगित भएको छ।  

ढकाल समुहको जोड इलेक्ट्रोनिक भोटिङमा 

अहिलेको परिस्थितिमा इलेक्ट्रोनिक भोटिङ उत्तम विकल्प भएको भन्दै ढकाल समुहले ई भोटिङ मार्फत निर्वाचन गराउनुपर्ने अडान लिएको छ। तर भौतिक रुपमै हस्ताक्षर गर्ने गरि निर्वाचन गर्नुपर्ने ढकाल इतर समुहको माग छ। 

कार्यसमितिले अनुमोदन गरेको कुरालाई मान्यता दिनलाई समेत साधारणसभाको आवश्यक पर्ने र त्यसका लागि एउटा मोडालिटी बनाउनुपर्नेमा गोल्छा समुहको जोड छ। 

साधारणसभाबाट नै निर्वाचन गर्ने र त्यसको मोडालिटी पनि अनुमोदन हुनुपर्ने भएकाले अहिलेको मुख्य कुरा साधारणसभा कसरि गर्ने भन्ने रहेको महासंघका एक कार्यसमिति सदस्यले बिजपाटीलाई बताए। 

'अनलाइन मार्फत बिभिन्न तहमा वा एकै पटक साधारणसभा गर्ने, उक्त साधारणसभाबाट अध्यक्ष भवानी राणाले आफ्नो कार्यकालको प्रतिबेदन अनुमोदन गराई शेखर गोल्छालाई पद हस्तान्तरण गर्ने, अहिलेको कार्यसमितिलाई  ६ महिनाको मान्यता दिने, नयाँ कार्यसमिति चयनका लागि  म्यान्डेड दिने गरि छलफल भएको छ, तर यो प्रस्तावमा ढकाल समुहले आपत्ति जनाउदै आएको छ' ति कार्यसमिति सदस्यले बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved