प्रधानमन्त्री र उद्योगि व्यवसायीबीच छलफल हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 04:37:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई छलफलका लागि समय दिएका छन्। कोरोनाको लकडाउनले उत्पन्न परिस्थितिबारे छलफल गर्न समय मागेपछि प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीले छलफलका लागि बालुवाटार डाकेका हुन्। 

आज बेलुका साँझ ५ बजे छलफलका लागि निजि क्षेत्रका उद्योगी तथा व्यवसायीहरुका तीनवटै छाता संगठनलाई डाकिएको छ। छलफलमा सम्बन्धित संस्थाका  अध्यक्ष सहित तीन तीन जना प्रतिनिधिलाई हुन आग्रह गरिएको नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले बिजपाटीलाई बताए आफुहरुले छलफलका लागि समय मागेपछि प्रधानमन्त्री ओलीले समय दिएको उनले बताए।

'कोरोनाको लकडाउनले उत्पन्न अवस्थाबारे छलफल गर्न समय मागिरहेका थियौं, आज छलफलका लागि डाक्नुभएको छ' अध्यक्ष मोरले बताए। 

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उमेश लाल श्रेष्ठले पनि छलफलका लागि बालुवाटार डाकिएको बताएका छन्। छलफलमा प्रधानमन्त्री समक्ष कर तिर्नका लागि म्याद थप लगायतका बिषयमा कुराकानी हुने बताइएको छ। 

डा. युबराज खतिवडाको कार्यकाल सकिएपछि अर्थ मन्त्रलाय सम्हालेयता उद्योगी तथा व्यवसायीसँगको प्रधानमन्त्रीको यो पहिलो छलफल हुनेछ।  चैत ११ देखि सुरु भएको कोरोनाको लकडाउनका कारण देशको आर्थिक गतिबिधि ठप्प हुँदा अवस्था झनै भयावह भएको भन्दै उद्योगी तथा व्यवसायीहरुले मापदण्ड तोकेर नै व्यवसायिक गतिबिधि सुचारु गर्नुपर्ने बताउदै आएका छन्। 

त्यस्तै निषेधाज्ञाको समयमा पनि कर तिर्नुपर्ने बाध्यकारी व्यवस्थाले समेत उद्योगी व्यवसायीहरुमा असन्तुष्टि बढाएको छ। राज्यले उद्योग व्यवसायीलाई गर्न सक्ने वा दिन सक्ने राहत भनेको कर छुट वा करमा सहुलियत भएपनि सरकारले उल्टै कर उठाएको भन्दै व्यवसायीहरुले जनाएका हुन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved