नाकामा अड्किएका कन्टेनर नेपाल ल्याउनलाई पहल गरिदिन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 10:53:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्रिय व्यवसायी महासंघले उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रीलाई भेटेर व्यवसायीको समस्या समाधान गरिदिन आग्रह गरेको छ। महासंघको उच्चस्तरीय टोलिले मन्त्री लेखराज भट्टलाई केरुङ नाकामा रोकिएका कन्टेनर नेपाल ल्याउन पहल गरिदिनलाई आग्रह गरेका हुन्। 

चीनले पछिल्लो १० महिनादेखि एकतर्फी नाका बन्द गरिदिँदा नेपाली व्यवसायीको उठिबास भएको भन्दै महासंघले मन्त्री भट्टलाई भेटेर समाधानको पहल गरिदिन आग्रह गरेको हो। 

केरुङ नाकामा १० महिनादेखि रोकिएर रहेका माल सामानका कन्टेनरहरु छुटाउन तुरुन्त कुटनीतिक पहल गर्दै नाकामा आवत जावतका लागि व्यवसायी र चालकलाई सहज पासको व्यवस्था हुनुपर्ने महासंघले मन्त्री भट्ट समक्ष माग राखेका छन्। त्यस्तै नाकामा रहेको सिन्डिकेट अन्त्य हुनुपर्ने माग समेत राखेको छ। 

त्यस्तै व्यवसायीहरूसँग मासिक भ्याट तथा राजस्व तिर्ने पैसासमेत नभएकाले तिर्ने समय अवधि थप गरिदिन महासंघले माग राखेको अध्यक्ष नरेश कटुवालले बताए। 

मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीहरुले राखेका माग जायज भएकाले मन्त्रालयले सम्बन्धित ठाउँहरुमा पहल गर्ने बताए।  पुनर्कर्जा उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालयसँग कुरा गर्ने उहाँले प्रतिबद्धता जनाए।  त्यस्तै केरुङ र तातोपानीमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले कुटनीतिक पहल सुरु गरिसकेको समेत उनले जानकारी दिए। 

बीचमा केहि समय खुलेपनि पछिल्लो १० महिनादेखि नेपाल सामान भित्रिने दुवै नाका केरुङ रसुवा र खासा तातोपानी बन्द छ। नेपाली व्यवसायीले गत पुस–माघमै खरिद गरेका तयारी पोसाक लगायतका सामान अझै चीनका विभिन्न सहरका गोदाममा थन्किएका छन्। 

कोरोना भाइरसको त्रास, पहिरोले सडकको बिग्रेको अवस्था र तिब्बतको कुतीस्थित ताल फुट्ने हल्लाले चिनियाँ पक्षले कन्टेनरको आउजाउमा एकतर्फी रुपमा नाका बन्द गरेको छ। 

त्यस्तै महासंघले कोरोनाबाट सुरक्षित रहन आवश्यक सुरक्षा सतर्कता अपनाई उद्योग व्यवसाय निर्वाध संचालन गर्न, बैंक तथा सहकारीबाट लिएको ऋणको ब्याजमा बिशेष छुट दिन, भ्याट तिर्ने अवधि थप गरिदिन, पुनर्कर्जा उद्योगीलाई मात्र नभई व्यवसायीलाई पनि उपलब्ध गराउन, उद्योगी व्यवसायीको समस्या समधानका लागि निजि क्षेत्र र सरकार स्तरको समन्वय समिति बनाउन समेत माग गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved