उद्योग बाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ प्रबल जनसेवा श्री बाट सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2020 | 02:51:12 PM मा प्रकाशित

laxmi  sunrise bank

निजि क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासघंका उपाध्यक्ष उमेशलाल श्रेष्ठ सुप्रबल जनसेवा श्री पदकबाट विभुषित हुने भएका छन्। संविधान दिवसको अवसरमा बस्तुगत तर्फका उपाध्यक्ष श्रेष्ठलाई उक्त पदकबाट सम्मान गरिएको हो। 

इन्स्योरेन्स, कलेज लगायतका विभिन्न क्षेत्रमा हात हालेका श्रेष्ठ औषधि उत्पादन गर्ने क्वेस्ट फर्मासुटिक्लसका कार्यकारी निर्देशक समेत हुन्। श्रेष्ठले महासंघको आगामी कार्यकालको लागि वस्तुगत तर्फबाट उपाध्यक्ष पदको लागि उम्मेद्वारी दिने घोषण गरेका छन्। 

त्यस्तै महासंघका केन्द्रिय सदस्यहरु ज्योत्सना क्षेष्ठ र भरत राज आचार्य समेत सुप्रबल जनसेवा श्री पदकबाट विभुषित हुने भएका छन्। संविधान दिवसको अवसरमा उनीहरु विभुषित हुन लागेका हुन्। उद्योग व्यवसायको क्षेत्रमा योगदान पुर्याएकोमा सरकारले उनीहरुलाई विभुषित गर्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved