महासंघको साधारणसभाको मिति तय, निर्वाचनको भेन्यु र समयमा विवाद कायमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 08:57:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको मिति र मोडालिटी तय भएको छ। आज बसेको कार्यसमितिको भर्चुअल बैठकले मङ्सिर ११ र १२ गते भर्चुअल मार्फत साधारणसभा गर्ने पदाधिकारीको प्रस्तावलाई अनुमोदन गरेको हो।   

भर्चुअल मार्फत साधारणसभा गर्ने बिषयमा सहमति जुटेपनि निर्वाचन कहाँ र कसरी गर्ने भन्ने बिषयमा टुंगो लाग्न भने बाँकी नै रहेको कार्यसमिति सदस्यले बताए।  एक पटकमा २५ जना भन्दा बढी भेला हुन नपाउने गरी सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर चुनाव गर्न अनुमती दिएको छ।

एक पटकमा २५ जना भन्दा बढी भेला हुन नपाइने भएकाले निर्वाचनका लागि एक भन्दा धेरै भेन्यु आवश्यक पर्नेछ। निर्वाचन काठमाडौंमा गर्ने वा बाहिर गर्ने, एकै दिनमा सक्ने वा ३ दिन लगाउने भन्ने जस्ता बिषयबारे अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र वकिलहरु रहेको निर्वाचन कमिटिले प्रस्ताव गर्नेछ। 

महासंघमा ओली 'इन्ट्रेस्ट' : ढकाल जिताउने जिम्मा सुरज वैद्यलाई !

- महासंघ निर्वाचनमा चण्डिराजले चन्द्र ढकाललाई बोक्दा अरु पुर्वअध्यक्ष कता ?

- निर्वाचन मोडालिटीमा पनि महासंघमा 'भाँडभैलो'

सूचना चुहाउनेले 'सरि' भनेपछि मिल्यो महासंघको विवाद, निर्वाचनको मोडल आज बुझाइँदै

निर्वाचन कमिटिले कहाँ र कसरी गर्ने भन्ने बिषयमा दिएको प्रस्तावलाई  अहिलेको कार्यसमितिको अन्तिम पटकको बैठकले अनुमोदन गरेपछि सोहि अनुसार निर्वाचन हुने बताईएको छ। 

'साधारणसभा जुम मार्फत गर्ने तय भईसकेको छ तर निर्वाचन कहाँ र कसरी गर्ने भन्नेबारे निर्वाचन कमिटिले अध्ययन गरेर प्रतिबेदन बुझाउँछ' एक कार्यसमिति सदस्यले बिजपाटीलाई भने, 'कमिटिको प्रस्ताव अहिलेको कार्यसमितिको अन्तिम पटकको बैठकले अनुमोदन गरेपछि बल्ल निर्वाचनको मिति र भेन्यु तय हुन्छ।'

महासंघको निर्वाचनमा जिल्लानगर तर्फ १०६ भोट, बस्तुगत तर्फ १०९ र एसोसिएट तर्फ करिब ८०० भोट रहेका छन्। एसोसिएट तर्फको भोट प्रोक्सी मार्फत हुने भएकाले सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर चुनाव गर्न गाह्रो नभएपनि जिल्लानगर र बस्तुगत तर्फको लागी भने कम्तिमा दुई भन्दा बढी भेन्यु आवश्यक पर्ने देखिन्छ। 

यो पनि: 
- 'चन्द्र र चण्डिराजबाट अन्तिममा ठुलो धोका भयो' महासंघको निर्वाचनबारे सुमार्गीको अन्तर्वार्ता

- 'प्रधानमन्त्रीज्यु, बैंकहरु निर्दयी भए,तपाइँले नै केहि गर्नुहोस' व्यवसायी श्रेष्ठको अन्तर्वार्ता

कोभिड १९ का कारण महासंघको निर्वाचनको मिति धकेलिँदै आएको छ। यसअघि चैत २८ र २९ गते तय भएको महासंघको ५४औं साधारणसभा कोभिड १९ का कारण जेठको पहिलो साता सरेको थियो। 

जेठको पहिलो साता हुन नसकेपछि साउन २६ र २७ गतेका लागि तय गरिएको थियो तर कोरोनाको निषेधाज्ञा लागू भएपछि साधारणसभा अनिश्चितकाललाई स्थगित भएको थियो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved