विशाल ग्रुपको धन्दामा वाणिज्य विभाग र प्रहरीको छापा (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 10:36:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको व्यापारिक घराना विशाल ग्रुपले म्याद सकिएका चलकेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तुहरु बजारमा बिक्रि गर्ने गरेको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वरको संयुक्त अप्रेशनमा नेपालीको जनस्वास्थ्यमाथि विशाल ग्रुपले गरेको यस्तो गम्भीर अपराध खुलेको हो। 

विभागले बिहीबार कंलकी, बाफल र कालीमाटीका तीन घरलाई शिल गरेको छ । बजारबाट म्याद सकिएर र्फिता भएका चलकेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तुहरु उक्त स्थानमा नयाँ म्याद राख्ने गरेको भेटेपछि तीन घरलाई शिल गरिएको हो।

शुरुमा कंलकीको लिंकरोडमा रहेको तीनतले घरमा गैरकानुनी कार्यहरु हुने गरेको उजुरीको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा र विभागले संयुक्त टोलीको छापा मारेको हो। म्याद सकिएका खाद्य वस्तुको पुन नयाँ म्याद राख्दै गरेको अवस्थमा छापा मारेर मेसिन सहित संलग्नलाई रंगेहात प्रक्राउ गरिएको विभागले जनाएको छ । 

खाद्य पदार्थको वितरण गर्ने आयन इन्टरनेश्नलका प्रमुख रहेका भारतीय नागरिक रोशन बात्रासहित ८ जनालाई प्रक्राउ गरी महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा राखिएको विभागले जनाएको छ ।  


बात्राले कलंकी  लगायतका तीन स्थानबाट रिप्याकिङ हुने गरेको जनाएपछि कालीमाटी र बाफलमा रहेका साढे ३ तले घरलाई शिल गरिएको जनाईएको छ । तीनै स्थानमा घर भाडामा लिएर स्नेकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स चिप्ससहित आधा दर्जन खाद्य वस्तुमा पुनः नयाँ म्याद राखेर बजार पठाउने गरेको पाईएको हो।

पुन: म्याद राखेर बजार पठाउन तयारी अवस्थामा रहेको तीन गाडीलाई समेत नियन्त्रणमा लिईएको विभाग स्रोतले जनाएको छ । प्रारम्भीक चरणमा २ कम्पनीको संलग्नता रहेको र अन्यको खोजी कार्य भैरहेको जनाईएको छ । 

आयन डिष्ट्रिब्युटर लोकल वितरक रहेको तथा विशाल गुप्र युनाइटेड डिष्ट्रिब्युटर र लाइफ केयर इन्टरनेशनलबाट खरिद गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको विभागले जनाएको छ।

स्निकर्स, ओरियो बिस्कुट, हर्लिक्स, मार्स चकलेट, किल्डे, बण्टी तथा मिल्की र प्रिङ्गल्सको नेपाल आयातकर्ता विशाल समूह रहेको र यसको भगिनी संस्था युनाइटेड डिष्ट्रिब्यूटरले बजारमा यी सामान फैलाउने काम गर्ने गरेको अनुसन्धानमा देखिएको स्रोतले बतायो ।

बिशाल ग्रुपका लगानीका अन्य सँस्था पनि विवादित 

विशाल ग्रुपको लगानी रहेको बैंक, वित्तीय सँस्था तथा इन्स्योरेन्स कम्पनीहरु, अटो मोबाइल, शैक्षिक सँस्थाहरु बेला बेला विवादमा मुछिने गरेका छन्। विशाल ग्रुपको लगानी रहेको एनआईशि एशिया बैंकमाथि बैन्कान्स्योरेंसको दुरुपयोग गरेर ऋणीलाई जबरजस्ती बीमा गर्न लगाउने गरेको, मनोमानी रुपमा ब्याजदर बढाउने गरेको, बचतकर्तालाई सबै भन्दा कम ब्याज दिएको, करारमा धेरै कर्मचारी राखेर वित्तीय जोखिम बढाएको लगायतका आरोप लाग्दै आएको छ। विशाल ग्रुपको एनआईशि सहित नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, नेपाल लाइफ, एलआईसी, प्रुडेन्शियल इन्स्योरेन्स लगायतमा लगानी रहेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved