सरकारले चुनावको अनुमति दिएपछि किशोर प्रधान समूह जिल्ला जिल्लामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 04:55:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल उद्योग वाणिज्य महासंघलाई आगामी मंसिरमा साधारणसभा र निर्वाचन गर्न अनुमति दिएपछि महासंघमा चुनावी महोल तातेको छ । सरकारबाट अनुमति पाएसँगै बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानको समूह जिल्ला जिल्लामा निर्वाचन केन्द्रित अभियान लिएर निस्किएको छ ।

अहिले बागमती प्रदेशका चितवन, मकवानपूरसहित प्रदेश ५ मा रहेको टोलीको नेतृत्व अरुणराज सुमार्गीले गरेका छन् । खुला तर्फका उम्मेद्वार जगत बहादुर खड्का, जनकपूरबाट उम्मेद्वार बनेका मोहन शाह र मकवानपूर जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालसहितको टोली जिल्ला जिल्लामा अभियान लिएर निस्किएको हो । 

टोलीले चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, पर्साका अध्यक्ष चन्द्र प्रसाद सापकोटा र कालिकोटका अध्यक्ष रत्न बहादुर शाहसँग छलफल गरिसकेको छ । यो अभियान निर्वाचन केन्द्रित भएपनि अभियानले नगर र जिल्ला तहका उद्योगी व्यवसायीका समस्याबारे जानकारी लिने र देखिएका समस्या समाधानका लागि सरकारसमक्ष पहल गर्ने उदेश्य लिएको संयोजक सुमार्गीले जानकारी दिए ।

महासंघको साधारणसभा आगामी मंसिर ११ र १२ गते हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved