केरुङबाट दैनिक १० कन्टेनर सामान आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 07:10:52 AM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रने क्रम बढेको छ । चीनबाट आयात हुने सामग्री केरूङदेखि रसुवागढीको  मितेरी  पुलसम्म चिनियाँ कन्टेनरले पु¥याउने गरेको रसुवागढी भन्सारले जनाएको छ । 

नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये अधिंकाश तयारी पोशाक रहेको भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । उनका अनुसार १८ गतेदेखि दैनिक ८ देखि १० टन कन्टेनर सामग्री नेपाल आएको छ । 

चिनिया क्षेत्रमा पहिरो जादा अबरुद्ध भएको बाटो आईतबारदेखि पुनः सञ्चालनमा आएको हो । मितेरी पुलमा आएको सामान भण्डारण क्षेत्रमा ल्याउनका लागि चालक तथा भरियाको व्यवास्था गरिएको जनाईएको छ । 

कोभिड –१९ को जोखिम न्यूनीकरण गर्न भरिया तथा चालकलाई रसुवागढी क्षेत्रमा छुट्टै बसोबासको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ । कन्टेनरका सामग्री भन्सार जाँचपास भएपछि सम्बन्धित सवारी साधनका चालकले आफ्नो गन्तव्यतर्फ लाने व्यवस्था मिलाइएको बताइएको छ । 

गत असार २० गतेदेखि नाका सञ्चालनमा आएको र भन्सार शुल्कबापत हालसम्म  ५० करोड राजश्व असूल भएको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved