दराज अनलाइनको अर्काे बदमासी बाहिरियो, कारवाहीको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2020 | 12:55:27 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन सपिङ साइट दराजले अनुमति बिना रजिष्ट्रर कार्यालय परिवर्तन गरेको पाईएको छ । उद्योग विभागवाट दर्ता अनुमति लिएको दराजले विभागको अनुमित बिना नै स्थान परिवर्तन गरेको हो । 

औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार कार्यालय परिवर्तन गर्दा विभागमा कारण खुलाई निवेदन दिनुपर्ने व्यवस्था छ । तर दराजले बिना जानकारी स्थान परिर्वतन गरेपछि विभागले कम्पनीलाई कारवाहीको तयारी गरेको छ। कम्पनीलाई ऐनले तोकेबजोमिज नगद जरिवाना हुने विभागका अधिकारीहरु बताउँछन्। 

नुवाकोट जिल्लामा रजिष्ट्रर कार्यालय रहने गरी उद्योगबाट अनुमित लिएको दराजले बिना जानकारी तराईको जिल्लामा रजिष्टर कार्यालय सारेको विभागका सूचना अधिकारी बिनोद खड्काले जानकारी दिए । उनका अुनसार ऐनमा उल्लेख भएअनुसार नै कारवाही गर्न केही दिन अधि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा फाईल पठाईएको छ । थप अनुसन्धान तथा कारवाही मन्त्रालयले गर्ने जनाईएको छ ।  

औद्योगिक महाशाखा अन्तरगतले हेर्न हुँदा केही समयलाग्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् । उक्त महाशाखामा कार्यरत कर्मचारीलाई कारोना संक्रमण पुष्टिसगैँ दराजको विषयमा थप अध्ययन गर्न केही समय लाग्ने जनाईएको छ । 

दराजसँग मिलेर गैरकानुनी धन्दामा नेपाल एयरलाइन्सका एयरहोस्टेस

अनलाईन मार्फत कारोबार गर्दै आएको दराज पछिल्लो समय विवादित बनेको छ । उपभोक्ताले अडर गरेअनुसारको सामग्री नल्याएको, गुणस्तर नभएको तथा बढी मूल्य लिने गरेको भन्दै बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले केही समय अघि ३ लाख जरिवाना समेत गरेको थियो । 

विभागले अनुचित व्यापारीक कारोबार गरेको भन्दै दराजलाई कारवाही गरेको थियो । यसैगरी दराजले भन्सार छलेर नेपाल भित्रिएको सामग्रीहरु बिक्री वितरण समेत गर्ने गरेको पाईएको छ । नेपाल वायुसेवा निगममा कार्यरत एयरहोस्टेजहरुले विदेशबाट भन्सार छलेर ल्याएको कस्मेटिङ सामानहरु दराजमार्फत बिक्री गर्ने गरेको भेटिएको हो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved