होटलमा बसेर नक्कली मह बेचेपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2020 | 01:19:47 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको गोङ्गबुमा होटलमा बस्ने ग्राकहले नक्कली मह बेच्ने गरेको पाईएको छ । काठमाडौँ महानगरको उपभोक्ता हित संरक्षण समितिले सोमबार बिहान गरेको बजार अनुगमनका क्रममा होटलमा बसेर नक्कली मह बेच्ने गरेको पाईएको हो । 

गोङ्गबु मित्रनगरको होटल रेड डाइमण्डमा तीन कोठा भाडामा लिएर मह बनाउँदै बिक्री गरेको भेटेपछि महानगरले उक्त कोठामा ताल्चा लगाएको छ । अनुगमन टोली पुग्नु अगाडी नै महका व्यापारीहरु बाहिर निस्किएको पाईएपछि सबै सामग्री नियन्त्रणमा लिएर छुट्टै कोठामा राखिएको महानगरले जनाएको छ । 

होटल सञ्चालकले होटलमा आइरहने ग्राहक भएको भन्दै नाम तथा सम्पर्क नम्बर केही नराखेको बताएपछि अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले २ जना व्यापारी सम्पर्कमा आएको र उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइएको जनाइएको छ । 

होटल सञ्चालकका अनुसार उक्त होटलमा असोज २० गते २ जना, २२ गते ४ जना र असोज २५ गते ६ जना गरि १२ जना आएर बसेका छन् । उक्त होटलमा उनीहरु गत वर्षको पुसमा समेत महको व्यापार गर्ने भन्दै आएर बसेका थिए । 

मह भन्दै कोठामा राखिएका सामग्रीमा धेरै रसायन तथा केमिकल हुन सक्ने अनुगमन समितिले अनुमान लगाएको छ । ती सामग्रीमा उत्पादन तथा उपभोग्य मिति, लेबल केही उल्लेख छैन । ९ किलो १८६ ग्रामका २८ पोका सामान र १३ टिन माहुरीको चाका तथा अन्य सानातिना धेरै पोकाहरु भेटिएको महानगरले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved