विशाल ग्रुपका संचालकलाई १ बर्ष कैद र आर्थिक जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 09:13:21 PM मा प्रकाशित

laxmi  sunrise bank

म्याद सकिएका खाद्य वस्तुमा पुनः म्याद राख्दै गर्दा समातिएका विशाल ग्रुपका स्थानीय संचालकलाई आर्थिक जरिवाना तथा जेल सजायको निर्णय भएको छ। उनीहरुलाई १ बर्ष कैद र  २४ लाख ७२ हजार रुपैयाँ आर्थिक जरिवाना तोकिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

म्याद सकिएका खाद्य बस्तु तथा चकलेटमा रिलेवलिङ गर्दा गर्दा पक्राउ परेका भारत घर भई हाल काठमाडौं बस्ने शंकर बयलकोटी र रोनक बोथरालाई प्रतिव्यक्ति  ३ लाख जरिवाना र १ बर्षको कैद सजाय तोकिएको छ। 

उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार पहिलोपटक रिलेवलिङ मुद्दामा १ वर्ष कैद हुनेगरी फैसला भएको छ । महानिर्देशकसमक्ष पेश भएको मुद्दामा यो सँजाय अधिकतम हो । 

त्यस्तै विशाल ग्रुपका प्रतिनिधि तथा आयानका सञ्चालक पुष्पादेवी अग्रवाल सहित मुन्ना ठाकुर, पप्पु कुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी, सीताराम उपरकोटीलाई प्रतिव्यक्ति ३ लाख १२ हजार जरीवाना हुने निर्णय गरिएको बिभागका सूचना अधिकारि रविन्द्र आचार्यले जानकारी दिए। 

विभागले गोदाममा भएका रिलेवलिङमा प्रयोग भएका सामान तथा उपभोग्य म्याद समाप्त भएका करिब २ करोड ९४ लाख रुपैयाँ बराबरका बस्तुहरु स्थानीय प्रहरी र जनप्रतिनिधिको रोहवरमा नष्ट गरिने निर्णय समेत गरेको छ। 

विभागले गरेको निर्णयमा चित्त नबुझे निजहरुले उपभोक्ता संरक्षण ऐनको दफा ४० को उपदफा २ बमोजिम ३५ दिन भित्र काठमाडौं जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछन। 

रिलेवलिङमा संलग्न १५ जनालाई पक्राउ गरिएकोमा विभागले विशाल ग्रुप अन्तर्गतको आयान डिष्ट्रिब्युटरका सञ्चालक र कामदार गरी ६ जनालाई थुनामुक्त गरेको थियो।  

कम्पनीका सञ्चालकलाई धरौटी तथा कामदारलाई नियमित तारेखमा छाडिएपनि अन्य कामदार भने थुनामा थिए। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा म्याद सकिएका खाद्य वस्तुमा पुनः नयाँ म्याद राख्दै गरेको अवस्थामा ४ कम्पनीका १५ जनालाई पक्राउ गरिएको थियो । 

गत असोज १५ गतेदेखि २१ गतेसम्म विभाग, महानगरीय प्रहरी अपराध महाशाखा र केन्द्रिय अनुसन्धान विभागको संयुक्त टोलीले कलंकी, कालीमाटी तथा बाफल क्षेत्रमा भाडामा घर लिएर उक्त कारोबार गर्ने गरेको सूचनाका आधारमा रंगेहात पक्राउ गरेको थियो। असोज १५ गते नेपालकै ठूलो व्यवसायीक घरना अन्तर्गतको विशाल ग्रुप संलग्न रहेको आयान डिष्ट्रिब्युटरका सञ्चालकसहित ७ जनालाई पक्राउ गरेको थियो । 

विशाल ग्रुपका प्रतिनिधि तथा आयानका सञ्चालक पुष्पादेवी अग्रवाल १ करोड धरौटीमा थुनामुक्त भएकी थिईन भने  मुन्ना ठाकुर, पप्पु कुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी, सीताराम उपरकोटी, दिलिप थापामगर दैनिक तारेखमा रिया भएका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved