सुपथ मूल्य पसल माघ २ सम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 10:09:05 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैं तिहारलाई लक्षित गर्दै असोज १५ गतेबाट सञ्चालन गरिएको सहुलियत मूल्यको सुपथ पसल माघ २ गतेसम्म सञ्चालन हुने भएको छ । सरकारले मंसिर ७ गतेसम्म सुपथ मूल्य पसल सञ्चालनको अनुमति दिएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माघ २ गतेसम्म उक्त पसल सञ्चालन गर्ने भएको हो । 

कोरोना महामारीका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै सहुलियत पसल सञ्चालनको अवधि थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सरकारले तोकेको समय सकिएपनि कम्पनीले समय थप गरेको बताउँछिन् । 

उनका अनुसार सरकारले तोके अनुसार छुट मूल्यमा कम्पनीले काठमाडौँ उपत्यकाका ५ स्थान सहित देशभरका २९ वटा डिपोबाट कम्पनीमा रहेका सामग्रीहरु बिक्री हुनेछ । 

खाद्यले समय थप गरेतापनि साल्ट ट्रेडिङ कर्पाेरेशनले कुनै निर्णय नभएको बताएको छ । कर्पाेरेशनका सूचना अधिकारी कुमारराज भण्डारी सरकारले दिएको निर्देशन अुनसार सुपथ मूल्यका पसल सञ्चालन गरिएको भन्दै समय थप नहुने बताउँछन् । 

‘हामीलाई सरकारले दिएको निर्देशन अनुसार उक्त पसल सञ्चालन गरेका हौँ, यदि सरकारले नै थप गर्न निर्देशन दिएमा थप हुन्छ । कर्पाेरेशनले बारै महिना विभिन्न स्थानमा पसल सञ्चालन गर्दै आएको छ’, उनले भने ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved