पेमेन्ट प्रोसेसर 'नेप्स' को सीईओमा सञ्जिब सुब्बा नियुक्त, यस्ता छन् उनका चुनौती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 01:35:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रमुख कार्यकारी अधिकृतमा सञ्जिब सुब्बा नियुक्त भएका छन्। यसअघि नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) को प्रमुख कार्यकारी अधिकृत रहेका सुब्बाले यहि साउन १ देखि नेप्सको जिम्मेवारी सम्हाल्नेछन्। 

आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा फिनटेक, डिजिटल भुक्तानी र वित्तीय समावेशिता रहने सुब्बाले बिजपाटीसँगको कुराकानीमा बताएका छन्। 'नेप्सलाई फिनटेक र डिजिटल भुक्तानीको समाधान तर्फ रुपान्तरण गर्ने योजना छ' उनले भने। 

चिनियाँ ह्याकरले प्रणालीभित्र प्रवेश गरेर नेपालका आधा दर्जन बढी बैंकहरुको एटीएम प्रणाली ह्याक गरेर १ करोड ६८ लाख रुपैयाँ चोरेको घटनापछि नेप्स चर्चामा आएको थियो। 

नेपालमा अहिले चार वटा पेमेन्टर प्रोसेसर छन् जसमध्ये नेप्स पनि एक हो, जसमा विभिन्न बैंकहरु आबद्ध छन् र यी बैंकका सबै डाटाहरु नेप्समा ‘कनेक्ट’ गरिएको हुन्छ।

नेप्समा बैंक अफ काठमाण्डू, सिटिजन्स, देव विकास, एपेक्स डेभपलपमेन्ट, ग्लोबल आइएमइ, जनता, ज्योति विकास, लुम्बिनी विकास, माछापुच्छ्रे, नेपाल बंगलादेश बैंक, ओम डेभलपमेन्ट, प्राइम, साङ्ग्रिला, शाइन रेसुङ्गा, सिद्धार बैंक र सनराइज बैंक आबद्ध छन्। 

ह्याक प्रकरणपछि कमजोर आन्तरिक नियमन प्रणाली भएकाले नेप्समा आबद्ध ६ वटा बैंकको कार्ड दूरुपयोग भएको  भन्दै प्रभु र एनआईसी एशिया बैंकले नेप्ससँगको आबद्धता तोडिसकेका छन्।

नेप्सको आन्तरिक प्रणाली अपग्रेड गरेर अन्य बैंक वित्तीय संस्थालाई समेत प्रणालीमा आबद्धता गराउनुपर्ने सुब्बाको कार्यकालको प्रमुख चुनौती रहेको छ। सुब्बासँग बैंक वित्तीय सँस्था र पेमेन्ट गेटवे लगायतका भुक्तानी प्रणालीको नियामक नेपाल राष्ट्र बैंक र बैंकरहरुसँग नजिक रहेर काम गरिसकेको अनुभव छ। एनबिआईमा रहँदा वित्तीय साक्षरतामा पुर्याएको योगदान जस्तै नेप्स प्रति धमिलिएको विश्वास फिर्ता ल्याउनुपर्ने सुब्बाको अर्को चुनौती रहेको छ। नेप्समा सुब्बाको कार्यकाल ४ बर्षको रहनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved