महालक्ष्मी बिकास बैंकका सीईओ लामिछानेले दिए राजिनामा, यस्तो छ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 03:05:16 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अग्रज बैंकर कृष्णराज लामिछानेले राजीनामा गरेका छन्। कार्यकाल बाँकी रहँदै लामिछानेले साउन १ देखि लागू हुनेगरि राजिनामा गरेका हुन्। 

लामिछानेले साउन १ पछि थप तीन महिना दिएको बिजपाटीलाई बताएका छन्। विचमा छाड्नु परे संचालक समितिलाई सुचित गराउन समय आवश्यक पर्ने भएकाले थप तीन महिना दिएको उनले बताएका छन्। 

संचालक समितिसँग असमझदारी बढेपछि कार्यकाल बाँकी छँदै सीईओ पदबाट राजिनामा दिएको बजार चर्चा छ। यद्दपी लामिछानेले घरायसी तथा व्यक्तिगत कारणले गर्दा राजिनामा दिएको बिजपाटीलाई बताए। 

प्राप्त जानकारीअनुसार संचालक समितिले लामिछानेको राजिनामा स्वीकृत गर्न बाँकी नै छ।  कैलाश बिकास बैकमा दुई कार्यकाल पुरा गरेपछि लामिछानेले २०७४ कात्तिक २६ गते महालक्ष्मी बिकास बैंकमा प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका थिए। 

नेपाल बैंकबाट अधिकृत तहबाट बैंकिङ करियर सुरु गरेका लामिछानेसँग बैंकिङ क्षेत्र ३३ बर्ष काम गरेको अनुभव छ। विकास बैंक संघका पूर्वअध्यक्षसमेत रहेका लामिछानेसंग कर्जा सुचना केन्द्र, नेपाल क्लियरिङ हाउस र बीमा संस्थानको पनि सञ्चालक भएर काम गरेको अनुभव छ।  उनी ब्यवस्थापनमा स्नातकोत्तर हुन् भने कानुनमा स्नातक छन।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved