ग्लोबल आइएमई बैंकबाट सीइओ परशुराम कुंवर क्षेत्रीको राजीनामा, यस्तो छ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 04:06:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले राजीनामा दिएका छन्। कार्यकाल बाँकी रहँदै क्षेत्रीले यहि साउन १ देखि लागू हुनेगरि राजिनामा गरेका हुन्। 

स्वास्थ्यका कारणले २०७७ आषाढ १ गते सीईओ पदवाट गरेको राजिनामा वैकको संचालक समितिले २०७७ साउन १ गतेवाट लागु हुने गरि स्वीकृत गरेको  क्षेत्रीले बिजपाटीलाई बताए। 

क्षेत्रीले भने, मेरो रोज़गार समझौता अनुसारको वाकी सेवा अवधी २०७८ जेठ मसान्त सम्म नै काम गरेर वैकिंग क्षेत्र मात्र होईन सम्पूर्ण क्षेत्रबाट पुर्णकालिन कामबाट अवकाश लिन चाहन्थे तर मानिसहरुका सवै इच्छा र आकांक्षा पुरा हुदैनन् १ म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होईन । जीन्दगी भरी मेहनत गर्ने र मेहनतको फल वापत जे पाएँ त्यसैमा चित्त बुझाएँ १ तर मेरो यों आकांक्षा पुरा नभएकोमा मलाई जीन्दगी भर अलिकति पिढा हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved