विजय लघुवित्तको सीईओमा पुन: बसन्त लम्साल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 11:13:13 AM मा प्रकाशित

laxmi  sunrise bank

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्तराज लम्सालको कार्यकाल अर्को ४ बर्षको लागि थपिएको छ। लघुवित्तको  असार २७ गतेको सञ्चालक समितिको बैठकले लम्सालको कार्यकाल थपेको हो। 

लम्सालले २०८१ साल असार मसान्तसम्म सीईओ जिम्मेवारी सम्हाल्ने छन। यहि साउन १ देखि लागू हुनेगरि लम्सालको कार्यकाल थपिएको लघुवित्तका डेपुटी सीईओ तथा कम्पनी सचिव नारायण सापकोटाले बिजपाटीलाई बताए। 

सीईओ लम्साल संचालनमा आएको ४ महिनादेखि अर्थात स्थापनाकालदेखि नै बिजय लघुवित्तमा आबद्ध छन्। २०६९ चैतमा प्रबन्धक संचालकको रुपमा लघुवित्तमा जिम्मेवारी सम्हालेका लम्सालले २०७३ साउनदेखि प्रमुख कार्यकारीको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन्। 

यो पनि: 'सहकारीले १६ प्रतिशतमा ऋण दिए लघुवित्त बन्द गर्दा हुन्छ' संघका अध्यक्ष लम्सालको अन्तर्वार्ता

बिजय लघुवित्तमा आबद्ध हुनुपूर्व लम्साल सेफर वल्डको कन्ट्री डाईरेक्टर थिए। लम्सालसँग युएन लगायत बिभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थामा काम गरेको अनुभव समेत छ। त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा र बेलायतबाट डेभलपमेन्ट स्टडीज्मा मास्टर डिग्री हासिल गरेका लम्सालले बिभिन्न सामाजिक संस्थामा काम गरेका छन्। लम्साल लघुवित्तहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत हुन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved