ग्लोबलको सीईओमा बज्राचार्य नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 07:50:51 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  को रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा रत्नराज बज्राचार्य नियुक्त भएका छन्। बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले बज्राचार्यलाई चार बर्षका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

बज्राचार्य दोस्रो पटक ग्लोबल आइएमई बैंकको सीईओमा नियुक्त भएका हुन् यस अघि पनि ग्लोबलको नेतृत्व सम्हालेका बज्राचार्यले सनराइज बैंकमा पनि सीईओको जिम्मेवारी सम्हालिसकेका छन्।

नेपाल राष्ट्र बैंकमा  २० बर्ष काम गरेका उनीसँग  बैंक तथा वित्तीय क्षेत्रमा करिव ४० वर्षको अनुभव छ । परशुराम कुँवर क्षेत्रीले आफ्नो कार्यकाल बाँकि छदै राजिनामा दिएपछि बैंकमा सीइओ पद रिक्त थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved