आईएमई लाइफ इन्स्योरेन्सको सीइओमा फुयाँल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 04:27:38 PM मा प्रकाशित

laxmi  sunrise bank

आई.एम.ई. लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा कवि फुयाँल नियुक्त भएका छन्। बैंकिङ्ग सेवाबाट करियर सुरुवात गरेका उनी पछिल्लो समय बिभिन्न बीमा कम्पनीमा उच्च व्यवस्थापकिय पदमा कार्यरत थिए । 

फुयाँलले आजै कम्पनीको सञ्चालक समिति समक्ष सपथ लिएका छन् । सपथ लिदै फुयाँलले आफुसँग रहेको कार्य अनुभबको प्रचुररुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट स्थान हासिल गर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved