अर्थमन्त्रीको प्रेस सल्लाहकारमा केसी नियुक्त, दुई दशक पत्रकारिताको अनुभव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 08:37:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन्। सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष भइसकेका केसी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत थिए।

दुई दशक पत्रकारिता गरेका केसीले कान्तिपुर टेलिभिजनमा समाचार सम्पादकको रुपमा समेत काम गरिसकेका छन्। पाल्पाका केसीले नेपालको त्रिभुवन विश्वबिद्यालय, मनिला तथा ओस्लो विश्वविद्यालयबाट बिभिन्न विषयमा अध्ययन गरेका छन्।

पत्रकारितामा स्नातकोत्तर गरेका केसीले साँघु साप्ताहिकमा समेत काम गरिसकेका छन्। सबै मिडियालाई समान सम्मान र सबै मिडिया सक्षम छन् भन्ने आफ्नो मान्यता रहेको केसीको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved