विश्वकप क्रिकेटमा पहिलो पटक लागु हुँदैछन् यी ६ नियम

दिलिप खड्का

दिलिप खड्का

May 27, 2019 | 03:19:47 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेट सुरु हुन अब मात्र २ दिन बाँकि छ। यो विश्वकप धेरै कोणबाट महत्वपुर्ण रहेको छ । अलग ढाँचा भन्दा बाहेक यो पटक केहि यस्ता नियमहरु छन् जुन् अहिलेसम्मको विश्वकपमा थिएनन् । सन् २०१५को विश्वकप सम्पन्न भएपछि आइसिसिले नयाँ नियमहरु बनाएको छ । नयाँ नियमहरु यो विश्वकपबाट लागु हुनेछन् । यो नियमहरु पहिलेदेखि नै एकदिवसिय खेलमा लागु हुदै आएपनि विश्वकपमा पहिलो पटक लागु हुदैछ ।

यो पटकदेखि लागु हुने नयाँ नियमहरु

खेलमा गलत ब्यबहार गरे तुरुन्तै निश्कासन

विश्वकपमा यो पटक टिमहरुलाइ आइसिसिले ग्रुपमा विभाजन गरेको छैन । सबै टिमले सबै टिमसँग खेल खेल्नुपर्ने हुन्छ । यसरि खेल खेल्दा कुनै खेलाडिले मैदानमा गलत किसिमको ब्यबहार प्रदर्शन गर्न पाउने छैन । यदि गरेको पाइएमा आइसिसिको कोड अफ कन्डक्टमा भएको नियमअनुसार एम्पाएरले उक्त खेलाडिलाइ तुरुन्त खेलबाट बाहिर निकाल्न सक्ने छ । यो भन्दा अगाडिको विश्वकपहरुमा खेलाडिले यस्तो गल्ति गर्दा खेल सकिएपछि कारवाहि गरिने गरिन्थ्यो ।

डिआरएस रिभ्यु

डिआरएसको नियम अघिल्लो विश्वकपमा पनि थियो, यो पटक यो नियममा केहि  परिमार्जन गरिएको छ । यदि बलिङ गर्ने टिम र ब्याटिङ गर्ने टिमले डिआरएस माग्यो तर अम्पाएर कल भएमा टिमको रिभ्यु गुम्ने छैन । अघिल्लो खेलहरुमा अम्पाएर कल हुँदा रिभ्यु घट्ने थियो ।

नो बल हुँदा बाइ र लेग बाइ 

 कुनै बलरले फ्याँकेको बल नो बल भयोे र सलाइ  बाइ वा लेग बाइ दियो भने टिमलाइ दुबैको रन दिइनेछ । अर्थात टिमले नो बलको छुट्टै र बाईको छुट्टै रन पाउने छ । 

ब्याट्सम्यान लाइनमा हुँदा रनआउट हुने 

कहिलेकाहि रनआउट वा स्टपिङको केश आउदा यो निर्णयगर्न मुस्किल हुन्छ, जब ब्याट्सम्यानको ब्याट लाइनमा हुन्छ । अहिलेसम्म यस्तो केश आउदा ब्याट्सम्यानलाइ नटआउट गर्ने गरिन्थ्यो । यसपटकबाट ब्याट्सम्यान लाइन क्रस गर्न सकेन भने आउट हुनेछ  । 

बल दुइचोटि बाउन्स भयो भने नो बल 

खेल खेल्ने क्रममा कुनै बलरको बल दुइ चोटि बाउन्स भयो भने त्यो बललाइ नो बल दिएर फ्रि हिट दिइनेछ । यस अघि सम्म यस्तो बललाई डेड बल मानिने गरेको थियो ।  

ब्याटको चौडाइ

यो विश्वकपमा ब्याटको लम्बाइ र चौडाइ पनि नियमअनुुसार हुनुपर्नेछ। ब्याटको चौडाइ १०८ मिलिमिटर, मोटाइ ६७ मिलिमिटर र कुना ४० मिलिमिटर हुनुपर्ने नियम रहेकोे  छ । नियम अनुुसार ब्याट नभएको शंका लागेमा अम्पाएर सँग भएको मिटरले नापेर ब्याट परिवर्तन गरिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved