विश्वकप क्रिकेटमा इंगल्याण्डको फराकिलो जितसंगै विजयी सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 08:28:27 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा आयोजक इंगल्याण्डले फराकिलो जित हात पार्दै विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा इंगल्याण्डले दक्षिण अफ्रीकालाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो  

टस हारेर ब्याटिंग गरेको इंगल्याण्डले निर्धारित ५० ओभरमा ३ सय ११ रन जोडेको थियो । टोलीको लागि बेन स्टोक्सले सर्बाधिक ८९ रन जोडे ।

३१२ रनको लक्ष्य लिएर मैदान उत्रेको दक्षिण अफ्रीका ३९.५ ओभरमा २०७ रन मै अल आउट भयो । अफ्रीकाको लागि क्विनटन डे ककले सर्बाधिक ६८ रन जोडे । अफ्रीकालाई सस्तैमा समेट्न जोफ्रा आर्चरले सर्बाधिक ३ विकेट लिए ।

प्रतियोगितामा शुक्रबार पाकिस्तान र वेस्ट इन्डिज भिड्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved