विश्वकपमा पाकिस्तानको उत्कृष्ट कमब्याक, डबल सेन्चुरीले पनि टरेन इंग्ल्यान्डको हार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 09:38:59 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा आयोजक इंग्ल्यान्डलाई १४ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पार्न सफल भएको हो 

टस हारेर पहिले ब्याटिंग गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३४८ रन जोडेको थियो । पाकिस्तानको लागि मोहम्मद हाफिजले सर्बाधिक ८४ रन जोडे । 

३ सय ४९ रनको बिशाल लक्ष्य पच्छ्याएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३४ रन मात्र जोड्न सक्यो । इंग्ल्यान्डको लागि जो बटलर र जो रुटले शतक प्रहार गरेपनि हार टार्न भने सकेनन् ।

पहिलो खेलमा वेस्ट इन्डिजसँग १०८ रन मै अल आउट भएको पाकिस्तानले दोस्रो खेलमा उत्कृष्ट कम ब्याक गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved