१ सय ८७ रन पनि बनाउन नसक्दा अफगानिस्तानको दोश्रो हार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 09:29:42 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित हात पारेको छ । मंगलबार भएको खेलमा अफगानिस्तानलाइ ३४ रनले पराजित गर्दै  प्रतियोगितामा पहिलो जित हात पार्न सफल भएको हो ।

वर्षाले खेल प्रभावित पारेपछि ४१ ओभरमा झारिएको खेल डिएलए नियममा खेलाइएको थियो । खेलमा श्रीलंकाले दिएको  १ सय ८७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३२.४ ओभरमा १५२ रनमा समेटिएपछि श्रीलंकाले ३४ रनको जित निकालेको हो । श्रीलंकाको जितमा कुशल परेराले ७८ रन, दिमुथ करुणारत्नेले ३० रन, थिरिमान्नेले २५ रनको योगदान दिएका थिए । 

श्रीलंका पहिलो खेलमा न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो । अफगानिस्तानको यो दोश्रो हार हो, पहिलो खेलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved