विश्वकप क्रिकेटमा आज दुइ खेल हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 10:18:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्वकप क्रिकेट प्रतियोगीतामा आज दुइओटा प्रतियोगिता हुनेछ । पहिलो प्रतियोगीतामा आज भारत र दक्षीण अफ्रिका भिड्दैछन् । खेल साउथम्टनमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । दोश्रो प्रतियोगितामा बंगलादेश र न्युजिल्याण्ड भिड्दैछन् ।  बंगलादेश र न्युजिल्याण्डबिचको प्रतियोगिता लण्डनमा नेपाली समय अनुसार बेलुकि सवा ६ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा भारतको यो पहिलो खेल हो भने दक्षीण अफ्रिकाको तेश्रो खेल हो । पहिलो खेलमा इंग्ल्याण्ड र दोश्रो खेलमा बंगलादेशसँग पराजित भएको दक्षीण अफ्रिका जितको खोजिमा छ । बंगलादेश र न्युजिलयाण्डको यो दोश्रो खेल हो । यसअघिको खेलमा न्युजिल्याण्डले श्रीलंकालाइ १० विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा बंगलादेशले दक्षीण अफ्रिकालाइ २१ रनले पराजित गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved