शर्माको शतकमा भारतको शानदार जित, साउथ अफ्रीका तेस्रो खेलमा पनि निरिह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 09:16:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा साउथ अफ्रीकालाई ६ विकेटले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो । 

टस जितेर पहिले ब्याटिंग गरेको साउथ अफ्रीकाले निर्धारित ५० ओभरनमा ९ विकेटको क्षतिमा २२७ रन बनाएको थियो । साउथ अफ्रीकाको लागि क्रिस मोरिसले सर्बाधिक ४२ रन जोडे । साउथ अफ्रीकालाई सस्तैमा समेट्न भारतका युजवेन्द्र चालालले सर्बाधिक ४ विकेट  लिए । 

२२८ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले उक्त लक्ष्य ४७.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । भारतको लागि रोहित शर्माले सर्बाधिक नट आउट १२२ रन जोडे । 

यस संगै साउथ अफ्रीकाले प्रतियोगितामा लगातार ३ हार बेहोरेको छ । 




। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved