आईसीसी विश्वकप क्रिकेट प्रतियोगीतामा आज अष्ट्रेलिया र वेस्ट इन्डिज भिड्दैछन् । खेल नटिंघममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।
जारी विश्वकपमा अष्ट्रेलिया र वेस्ट इन्डिजको यो दोश्रो खेल हो ।अष्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाइ ७ विकेटले पराजित गरेको थियो भने वेस्ट इन्डिजले ७ विकेटले पाकिस्तानलाइ पराजित गरेको थियो ।