बिजपाटी सम्बाददाता     Jun 07, 2019 | 10:55:03 AM



विश्वकप क्रिकेट प्रतियोगीता अन्तर्गत आज पाकिस्तान र श्रीलंकासँग भिड्दै छन् । ब्रिष्टलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ बजे खेल सुरु हुनेछ । पाकिस्तान र श्रीलंका दुवै टिम जितको खोजीमा हुनेछन् ।

दुवै टिमले पहिलो खेलमा भने हार ब्यहोरेका थिए । श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित हुँदा पाकिस्तान वेष्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा भने दवै टिमले जित हात पारेका थिए । पाकिस्तानले बलियो टिम मानिएको इंग्ल्यान्डलाई १४ रनले पराजित गर्दा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गरेको थियो ।

पछिल्लो पाँच खेललाई हेर्ने हो भने पनि पाकिस्तान श्रीलंकामाथि हावी भएको देखिन्छ । सन् २०१७ मा भएको पछिल्लो एकदिवसीय क्रिकेट सिरिजमा पाकिस्तानले श्रीलंकालाई पाँचै खेलमा पराजित गरेको थियो ।

फखर जमान र इमाम उल हकको जोडी ओपनिङमा आउँदा बाबर अजाम, मोहम्मद हफिज, सर्फराज अहमद, असिफ अली, सोइब मालिक जस्ता ब्याट्सम्यान मध्यक्रममा छन् ।

श्रीलंकाको भने दिमुथ करुनरत्ने र कुशल परेराको जोडी ओपनिङमा आउने छन् । लाहिरु थिरिमाने, कुशल मेन्डिस, एन्जेले मेथेवस, धनन्जय डे सिल्भा जस्ता ब्याट्सम्यान भएपनि चल्न सकिरहेका छैनन् ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनञ्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7