बिजपाटी सम्बाददाता     Jun 09, 2019 | 10:12:26 AM



जारि विश्वकपमा अफगानिस्तानको हार निरन्तर जारि छ । न्युजिल्याण्ड सँग ७ विकेटले तेश्रो खेलमा पराजित भएपछि अफगानिस्ताको हार निरन्तर चलिरहेको छ । अफगानिस्तान पहिलो खेलमा अगट्रेलियासँग ७ विकेटले र दोश्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।

हिजो भएको न्युजिल्याण्ड र अफगानिस्तानबिचको खेलमा न्युजिल्याण्डको जितमा विलिम्सनले ७९ रन र टेलरले ४८ रनको योगदान दिएका छन् ।

हिजो भएको इंग्ल्याण्ड र बंगलादेशबिचको खेलमा इंग्ल्याण्डले १०६ रनले विजय हासिल गरेको छ । शाकिब अल हसनले बंग्लादेशको लागि सतकिय ११९ रनको योगदान दिँदा पनि हार टार्न सकेनन् । इंग्ल्याण्डको जितको लागि जासन रोय ले शतकिय १५३ रनको योगदान दिएका थिए ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7