विश्वकप क्रिकेटमा अष्ट्रेलियाको तेस्रो जित, पाकिस्तान फेरी पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 09:23:49 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी एकदिवसीय विश्वकप अन्तर्गतको १७ औं खेलमा पाकिस्तान अष्ट्रेलियासंग पराजित भएको छ। डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको हो। 

अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर २६६ रनमै सिमित रह्यो। अष्ट्रेलियाको लागि प्याट कमिन्सले सर्वाधिक ३ विकेट ( १०-०-३३-३ ) तथा मिचेल स्टार्क ( ९-१-४३-२ ) र केन रिचर्डसन ( ८.४-०-६२-२ ) ले २/२ विकेट लिए।

प्रतियोगितामा यो अस्ट्रेलियाको तेश्रो जित हो भने पाकिस्तानको दोस्रो हार हो। यस अघि उसले अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले, श्रीलंकालाई ३४ रनले पराजित गरेको थियो। प्रतियोगितामा ४ खेल खेलको अष्ट्रेलिया यसअघिको खेलमा भारतसंग ३६ रनले पराजित भएको थियो त्यस्तै पाकिस्तान आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसंग ७ विकेटले पराजित भएको थियो भने इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved