श्रीलंका बिरुद्द अष्ट्रेलियाको शानदार जित, कंगारु टिम अंक तालिकामा पहिलो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2019 | 10:48:14 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप २०१९ को २० औं खेलमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गरेको छ। लन्डनको केनिग्टन ओवलमा भएको प्रतियोगितामा श्रीलंकालाई अष्ट्रेलियाले ८७ रन पराजित गरेको छ। क्याप्टेन आरोन फिचको १५३ रनको शानदार पारिले अष्ट्रेलियाले श्रीलंका बिरुद्द सहजै जित हात पारेको छ। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले पुरा ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा ३३४ रन बनाउन सफल भयो। तर ३३५ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५।५ ओभरमा नै पुरा विकेट गुमाएर २४७ रनमै सिमित बन्न पुग्यो। यससंगै डिफेन्ड च्याम्पियन अष्ट्रेलिया विश्वकप २०१९ को प्रतियोगितामा अंकतालिकामा पहिलो स्थानमा उक्लिएको छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved