विश्वकप क्रिकेटमा भारत र पाकिस्तान भिड्दै, वर्षातको सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 07:31:53 AM मा प्रकाशित

laxmi  sunrise bank

इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटका चार खेल वर्षातका कारण रद्द भएका छन् । भारत र पाकिस्तानबीच आइतबार दिउँसो हुने खेल पनि वर्षाले अवरुद्ध हुने सम्भावना बढेको छ । 

म्यानचेष्टरमा दिउँसो ३ः१५ बजे हुने खेलमा वर्षा वाधक बन्न सक्ने पूर्वानुमान गरिएको छ । ओल्ड ट्राफोर्डको मैदानमा हुने खेलमा ६३ प्रतिशत वर्षा हुने सम्भावना छ । 

भारतको यसअघिको खेल पनि वर्षाले गर्दा रद्द भएको थियो । भारत र न्यूजिल्याण्डको खेल रद्द भएको हो । दुवै टिम अहिलेसम्म अपराजित छन् । 

एक्युवेदरका अनुसार वर्षाको सम्भावना ६३ प्रतिशतसम्म छ । 

उक्त स्थानमा १० बजे ४३ प्रतिशत , ११ बजे ४७ प्रतिशत, १२ बजे ५१ प्रतिशत, १ बजे ४७ प्रतिशत, २ बजे ३४ प्रतिशत, ३ बजे ३४ प्रतिशत, ४ बजे ४० प्रतिशत, ५ बजे ५१ प्रतिशत, ६ बजे ४७ प्रतिशत र ७ बजे ४५ प्रतिशत वर्षा हुने सम्भावना छ । 

राजनीतिक स्तरमा भारत र पाकिस्तानको सम्बन्ध राम्रो छैन । गत फेब्रुअरी १४ मा पाकिस्तानी आतंकवादी समूहले जम्मू–कश्मीरमा आत्मघाती आक्रमण गरी ४७ भारतीय सुरक्षाकर्मीको ज्यान लिएपछि भारतले पाकिस्तानसंग विश्वकप नै नखेल्ने भनेको थियो । 

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीलाई अपील पनि गरेको थियो । 

दुई टोली बीचको पछिल्लो भेटमा भने भारत बलियो देखिन्छ । पछिल्लो पाँच खेलमा भारतले ४ तथा पाकिस्तानले १ खेल मात्र जितेको छ । सन् २०१७ मा भएको आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएर उपाधि जितेको थियो । त्यसपछिको दुई भेटमा भने पाकिस्तान भारतसंग पराजित भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved