विश्वकप जितिसकेका प्रधानमन्त्रीको ५ सुझाव नमान्दा पाकिस्तान पराजित !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2019 | 01:54:31 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा पाकिस्तानलाई पराजित गर्दै भारत तेस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको थियो । खेल पटक पटक बर्षाले प्रभावित भएपछि डिएल मेथडको आधारमा भारत विजयी भएको हो । टस हारेर पहिले ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३३६ रन बनायो । भारतको लागि रोहित शर्माले सर्बाधिक १४० रन बनाए भने कप्तान विराट कोहलीले ७७ रन जोडे भने त्यस्तै केएल राहुलले ५७ रन बनाए ।

बिश्वकपमा भारतले पाकिस्तानलाई लगातार सातौ पटक हराएको हो । विश्वकपमा हालसम्म पनि पाकिस्तानले भारतलाई हराउन सकेको छैन । तर यस पटक पाकिस्तानले भारतलाई पराजित गर्न सक्छ भन्नेमा पाकिस्तानी प्रधानमन्त्री स्वयं पनि आशावादी देखिन्थे । इमरान खान पाकिस्तानी राष्ट्रिय टिमका पुर्व कप्तान हुन् । उनकै नेतृत्वमा सन् १९९२ मा पाकिस्तानले बिश्वकपको उपाधि जितेको थियो । त्यो नै पाकिस्तानले हालसम्म जितेको एक मात्र बिश्व उपाधि हो ।

प्रधानमन्त्री खानको आशा बिपरित पाकिस्तान फेरी पराजित बन्यो । हाल सामाजिक संजालमा पाकिस्तानी कप्तान सरफराज खानले प्रधानमन्त्री इमरान खानको सुझाव नमान्दा टिम पराजित भएको टिकाटिप्पणी चल्न थालेको छ ।

खेल सुरु हुनु अगाडी इमरानले सरफराजलाई टुइट मार्फत सुझाव दिइरहेका थिए । इमरानले भनेका थिए 'यदि टस जितेमा पहिले ब्याटिंग रोज्नु साथै राम्रा खेलाडीहरुलाई पहिले नै आफु संग खेलाउनु र अलि कमजोर खेलाडीलाई भने पछाडी खेलाउनु' । पाकिस्तानले टस जित्यो तर कप्तानले सुझावको ठिक बिपरित भारतलाई ब्याटिंग गर्ने निम्तो दिए ।

आखिर विश्व बिजेता इमरान खानको सुझाव किन मानेनन् सरफराजले ? के यही नै पाकिस्तानी हारको कारण थियो भन्ने बारे सामाजिक संजालमा बहस सुरु भएको छ ।

यस्तो थियो प्रधानमन्त्री खानको ५ सुझाव: 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved