विश्वकप छनौट खेल्ने नेपाली टोलिको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 11:57:05 AM मा प्रकाशित

laxmi  sunrise bank

जुलाई २० देखि २८ सम्म सिंगापुरमा आयोजना हुने आईसीसी टि–२० विश्वकप छनौट (एसिया फाइनल) को लागि प्रारम्भिक नेपाली  टोलिको घोषणा भएको छ । २५ सदस्यीय टिमको घोषणा गरिएको हो । अन्तराष्ट्रिय क्रिकेट परिषदका प्रतिनिधि अमिनिल इस्लाम, प्रमुख प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले टिमको छनौट गरेका हुन् ।

नेपालले गत वर्ष अक्टोबरमा मलेसियामा सम्पन टि–२० विश्वकप छनौट (एसिया पूर्वी) को उपाधि जितेपछि दोश्रो चरणमा छनौट भएको थियो । सिंगापुर दोश्रो र मलेसिया तेश्रो हुँदै छनौट भएको थियो । यस्तै गत वर्ष अप्रिलमा कतारमा सम्पन्न एसिया पश्चिम छनौट प्रतियोगिताबाट युएई, कतार र कुवेत एसिया फाइनलको लागि छनौट भएका थिए ।

एसिया फाइनलमा सहभागी हुने नेपाल, मलेसिया, सिंगापुर, कतार र कुवेत मध्ये विजेता १ टिम टि–२० विश्वकप ग्लोबल छनौटको लागि छनौट हुनेछ । 

२५ सदस्यीय नेपाली टिमः

पारस खड्का (कप्तान), अविनाश बोहरा, अमित श्रेष्ठ, बसन्त रेग्मी, भिम शार्की, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, जितेन्द्र मुखिया, करन केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, नन्दन यादब, पवन सर्राफ, प्रदिप एरि, राजु रिजाल, रोहित पौडेल, सन्दिप लामिछाने, शाहब आलम, शरद भेसावकर, सोमपाल कामि, सन्दिप जोरा, सुशन भारि

प्रारम्भिक टिममा यो पटक अमित श्रेष्ठ, कुशल भुर्तेल, नन्दन यादब, शाहब आलम जस्ता खेलाडीहरुलाई पनि मौका दिईएको छ। भर्खरै सम्पन्न प्रधानमन्त्री कप प्रतियोगितामा राम्रो ब्याटिंग गरेका आर्मी क्लबका राजु रिजालले पनि टिममा मौका पाएका छन्।

खेल तालिका 

२२ देखि २८ जुलाईसम्म सिंगापुरमा आयोजना हुने प्रतियोगितामा सबै टिमले एकअर्का बिरुद्ध १÷१ खेल खेल्नेछन् । जसबाट अंकतालिकामा विजेता टिमको निर्क्योल हुनेछ ।

नेपालले २३ जुलाईमा कतारसंग इन्डीयन एसोसिएसन मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै २४ जुलाईमा मलेसियासंग,  २७ जुलाईमा कुवेतसंग र २८ जुलाईमा सिंगापुरसँग खेल्नेछ । 

२२ जुलाई –  सिंगापुर भर्सेज कतार, कुवेत भर्सेज मलेसिया

२३ जुलाई – कतार भर्सेज नेपाल , सिंगापुर भर्सेज कुवेत

२४ जुलाई – नेपाल भर्सेज मलेसिया

२५ जुलाई – आराम

२६ जुलाई – कतार भर्सेज कुवेत , सिंगापुर भर्सेज मलेसिया

२७ जुलाई – कुवेत भर्सेज नेपाल, मलेसिया भर्सेज कतार

२८ जुलाई – सिंगापुर भर्सेज नेपाल

नेपाली समय अनुसार पहिलो खेल ७ः४५ बजे बिहान र दोश्रो खेल १२ः१५ बजे सुरु हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved