अफगानिस्तान बिरुद्दको खेलमा ह्याट्रिक लिएर शामिले रचे इतिहास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2019 | 10:01:49 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसि विश्वकप क्रिकेट २०१९ अन्तर्गतको २८ औं प्रतियोगिता भारतको लागि चुनौतिपूर्ण रहेपनि ऐतिहासिक बन्न पुगेको छ। भारतका तिब्र गतिका बलर मोहम्मद शामीले अफगानिस्तान बिरुद्द ह्याट्रिक लिएर जारी विश्वकपमा इतिहास रचेका छन। 

मोहम्मद शामीको एक दिवसीय क्रिकेटमा यो पहिलो ह्याट्रिक मात्रै नभई जारि विश्वकपकै पहिलो ह्याट्रिक हो। मोहम्मद शामीले अफगानिस्तान बिरुद्द ९ ओभर ५ बलम गरे। यसमा उनले कुल ४० रन खर्चेर ४ विकेट लिए। जसमा एक मेडन समेत सामेल छ। प्रतियोगिताको अन्तिम ओभरमा शामीले ह्याट्रिक लिदै हारको मुखमा पुगेको भारतलाई जित दिलाए। 

यस विश्वकपमा मोहम्मद शामीले आफ्नो पहिलो खेलमा नै उत्कृष्ट प्रदशन गरेका छन। भारतीय खेलाडी भुवनेश्वर कुमार घाइते भएपछि उनको स्थानमा शामीले मौका पाएका हुन। पछिल्लो विश्वकपमा भारतको तर्फबाट शामीले सबै भन्दा बढी विकेट लिएका थिए।  

शामी भन्दा पहिले भारतीय टिमको तर्फबाट ह्याट्रिकको रेकर्ड चेतन शर्माको नाममा छ। शर्माले सन १९८७ को विश्वकपमा भारतको लागि लगातार तिन बलमा तीन विकेट लिएका थिए। विश्वकपमा ह्याट्रिक लिने खेलाडीको सुचिमा मोहम्मद शामी दशौँ खेलाडी बन्न पुगेका छन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved