विश्वकप क्रिकेटमा पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 07:43:22 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै छन् । लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे हुदे खेलमा विश्वकपको सेमिफाइनल यात्रालाई झिनो आस कायमै राख्नका लागि भए पनि दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।

दक्षिण अफ्रिका आफ्नो पहिलो खेलमा इंल्ग्यान्डसँग १०४ रनले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग २१ रनले हारेको दक्षिण अफ्रिकाले तेस्रो खेलमा भारतसँग ६ विकेटको पराजय बेहोर्यो । वेष्ट इन्डिजसँगको चौथो खेल भने पानीले विथोलिएको थियो । पाँचौं खेलमा भने उसले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । छैटौं खेलमा भने न्युजिल्यान्डसँग दक्षिण अफ्रिका चार विकेटले पराजित भएको थियो ।

यता, पाकिस्तानले भने आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको पाकिस्तानले तेस्रो खेल भने वर्षाको कारण श्रीलंकासँग अंक बाँडेको थियो । चौथो खेलमा अष्ट्रेलियासँग ४१ रनले पराजित भएको पाकिस्तान पाँचौ खेलमा भारतसँग ८९ रनले पराजित भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved