इमरान खानको इतिहास दोहोर्याउदै पाकिस्तानको दोस्रो जित, सेमिफाइनलको यात्रा जिवितै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 10:10:31 PM मा प्रकाशित

laxmi  sunrise bank

एकदिवसीय विश्वकप २०१९ को ३० औं प्रतियोगितामा पाकिस्तानले जित हासिल गरेको छ। प्रतियोगितामा दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गर्दै पाकिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राखेको छ।

पाकिस्तानका कप्तान सरफराज अहमदले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सहि साबित भएको छ। पाकिस्तानले हैरिस शोहेलको शानदार प्रदशनमा ५० ओभरमा ७ विकेटको क्षतिमा ३०८ रन बनायो।  ३०९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको टिम ५० ओभरमा ९ विकेटको क्षतिमा मात्र २५९ रन मात्रै जोड सफल रह्यो। 

जितसंगै पाकिस्तानले ६ खेलबाट ५ अंक प्राप्त गरेको छ। सन १९९२ को विश्वकप क्रिकेटमा पाकिस्तानको अवस्था अहिलेको जस्तै रहेको थियो। पाकिस्तानका वर्तमान प्रधानमन्त्री इमरान खानको नेतृत्त्वमा सन १९९२ मा विश्वकप क्रिकेट जितेको पाकिस्तान त्यो बेला पनि अहिलेकै स्तिथिबाट गुज्रिएको थियो। त्यो बेला ६ खेलबाट ५ अंक प्राप्त गरेको पाकिस्तानले विश्वकप नै जितेको थियो। 

जारि एकदिवसीय विश्वकप २०१९ मा पाकिस्तानले अफगानिस्तान, बंगलादेश र न्युजिल्यान्डसंग खेल्न बाँकि छ। अन्तिम ४ मा रहेर सेमिफाइनलमा पुग्नलाई पाकिस्तानलाई त्यति सहज भने हुनेछैन। अभ्यास खेलमा अफगानिस्तानसंग हारेको पाकिस्तानलाई सेमिफाइनलमा पुग्नलाई अबका सबै खेल जित्नुपर्ने हुन्छ।    



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved