नम्बर वान टिमलाई हराउदै अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 09:01:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलिया एक दिवशीय क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ  । मंगलबार भएको खेलमा एक दिबशीय बरियताको शिर्ष स्थानमा रहेको इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलियाले सेमिफाइनलमा स्थान पक्का गरेको हो  । 

अष्ट्रेलियाले इंग्ल्यान्डलाई ६४ रनको फराकिलो अन्तरले पराजित गरेको हो  । टस हारेर ब्याटिंगको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा  ७ विकेटको क्षतिमा २८५ रन बनाएको थियो  । अष्ट्रेलियाको लागि आरोन फिन्चले सर्बाधिक १ सय रन हाने  ।

२८६ रनको लक्ष्य लिएर मैदान उत्रेको घरेलु टोली इंग्ल्यान्ड ४४.४ ओभरमा २२१ रन बनाएर अल आउट भयो  । अष्ट्रेलियाको लागि बेन स्टोक्सले सर्बाधिक ८९ रन हाने  । अष्ट्रेलियाका जेसन ब्रेनड्रोफले ५ तथा मिसेल स्टार्कले ४ विकेट लिए  

अब इंग्ल्यान्डले आइतबार हालसम्म अपराजित रहेको भारतको सामना गर्ने छ  । अष्ट्रेलियाले भने अब बाँकि सबै खेल हारे पनि सेमिफाइनल यात्रा पक्का गरेको छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved