विश्वकपमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 10:26:02 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दैछन् । प्रतियोगिता नेपाली समयअनुसार सवा ३ बजे ब्रिमिंघममा सुरु हुनेछ ।

जारि विश्वकपमा न्युजिल्याण्डले अपराजित यात्रा गरिरहेको छ । ६ खेल खेलेको न्युजिल्याण्डले पाँच खेलमा जित हासिल गरेको छ भने एक खेलमा अंक बाँडेको छ। सेमीफाइनलको यात्राको लागि न्युजिल्याण्डले कम्तिमा एक खेल जित्नुपर्ने हुन्छ ।

समान ६ खेल खेलेको पाकिस्तान दुइ खेलमा जित र तिन खेलमा हार ब्यहोर्दै अंकतालिकाको सातौँ स्थानमा रहेको छ ।  पाकिस्तानले बाँकि खेलमा जित दर्ता गरेपनि सेमीफाइनलको यात्रा अनिस्चित रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved