पाकिस्तानले रोक्यो न्युजिल्यान्डको विजयीयात्रा, १९९२ को संयोग जारि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 10:41:22 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानले एकदिवसीय विश्वकप क्रिकेट २०१९ अन्तर्गतको प्रतियोगितामा न्युजिल्याण्डको बिजयीयात्रामा पूर्णबिराम लगाउदै शानदार जित हासिल गरेको छ। इंग्ल्याण्डमा जारि विश्वकप प्रतियोगिताको ३३ औं खेलमा ६ विकेटले पराजित गर्दै पाकिस्तानले विश्वकपको सेमिफाइनल पुग्ने सम्भावनालाई जिवितै राखेको छ। 

टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले दिएको २३७ रनको लक्ष्य पाकिस्तानले ४ विकेटको क्षतिमा अन्तिम ओभरको पहिलो बलमा भेट्टाउँन सफल रह्यो। पाकिस्तानका लागि विश्वकप प्रतियोगितामा आफ्नो दोस्रो खेल खेलेका बाबर आजमले शतक प्रहार गरे। बाबरको पहिलो शतकको मद्दतले पाकिस्तानले महत्त्वपूर्ण खेल जितेको छ।  जितसंगै पाकिस्तान अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ।

पाकिस्तानको बलिंङमा शाहिन अफ्रिदीले ३ विकेट लिन १० ओभरमा ३ मेडन गर्दै २८ रन मात्र खर्चिएका थिए। मोहम्मद आमिर र शदाब खानले १/१ विकेट लिए।  

१९९२ को संयोग जारि 

सन् १९९२ मा पाकिस्तानले एकदिवसीय विश्वकप जित्दा जे नतिजा आएको थियो पाकिस्तान क्रिकेट टिमको जारि विश्वकपमा सोहि नतिजा आउने संयोग अहिलेपनि जारि छ। 

१९९२ र २०१९ मा पाकिस्तानको पहिलो ७ खेलमा नतिजा क्रमश: हार, जित, नतिजाविहिन, हार, हार, जित, जित रहेको थियो। जसमा 

सन् १९९२ मा पनि पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गर्दै न्युजिल्याण्डको प्रतियोगिताको अपराजित यात्रा तय गरेको थियो। 

२०१९ को विश्वकपमा पनि प्रतियोगितामा न्युजिल्याण्डको अपराजित यात्रा रोकिएको छ। १९९२ मा पनि पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो। त्यस खेलमा पनि पाकिस्तानको लागि रामिज राजाले अविजित शतक बनाउदै जितसम्म पुर्याएका थिए भने यो पटक बाबर आजमले अविजित शतक बनाउदै जित दिलाएका छन्।

प्रतियोगितामा सातौँ खेल खेल्दा न्युजिल्याण्डको ५ जित , १ हार र १ नतिजाविहिन अंक सहित ११ अंक रहेको छ र अंकतालिकामा दोश्रो स्थानमा रहेको छ। जितसंगै पाकिस्तान ७ खेलमा ३ जित, ३ हार र १ बराबरी नतिजा सहित छैठौं स्थानमा उक्लेको छ। अब पाकिस्तानले बाँकी २ खेलमा अफगानिस्तानसंग जुन २९ र बंगलादेशसंग जुलाई ५ तारिकमा खेल्ने तालिका रहेको छ।  न्युजिल्याण्डले भने अब अस्ट्रेलियासंग जुन २९ र इंग्ल्याण्डसंग जुलाई ३ तारिकमा खेल्नेछ।

१९९२ र २०१९ मा पाकिस्तान टिमसंग मिलेका संयोग  

१. एउटै फर्म्याट 

१९९२, विश्वकपमा कुल ९ टिम सहभागी थिए र सबै टिमले सबै टिमसंग खेल्नु पर्थ्यो जसबाट उत्कृष्ट ४ टिम सेमीफाइनल प्रवेश गर्ने नियम थियो। ठिक यसैगरि अहिले २०१९ को विश्वकपमा समेत १० टिम सहभागी छन् र सबै टिमले सबैसंग खेलेपछि उत्कृष्ट ४ टिम सेमीफाइनल प्रवेश गर्नेछन्

२. एउटै नियम 

१९९२ मा आईसीसीले एक इनिङमा २ नयाँ सेतो बल प्रयोग गर्ने निर्णय गरेको थियो, २ इन्डमा २ वटा बल प्रयोग भएको थियो त्यसैगरि २०१९ मा पनि पनि टिमले एउटा इनिंगमा २ फरक किनारमा २ वटा नयाँ बल प्रयोग भइरहेकको छ। 


३.  वेस्टइन्डिजसंग पहिलो खेल र नतिजा 

१९९२ मा पनि पाकिस्तानले वेस्टइन्डिजसंग खेल्दै प्रतियोगिता सुरुवात गरेको थियो। त्यस बेला १० विकेटले पराजित भएको थियो भने अहिले ७ विकेटले पाकिस्तान पराजित हुन पुगेको छ। 

अन्य संयोगहरु – 

१९९२ मा इन्जमाम उल हक पाकिस्तानको नयाँ स्टारको रुपमा उदाएका थिए भने २०१९ मा इन्जमामको भतिज रहेका इमाम उल हक उदाईरहेका छन। 

१९९२ मा पाकिस्तानी देब्रे हाते ब्याट्सम्यान सोहेल अनवर छैठौं खेलमा म्यान अफ द म्याच चुनिएका थिए भने २०१९ मा छैठौं खेलमा देब्रे हाते ब्याट्सम्यान सोहेल हरिस नै खेलमा म्यान अफ द म्याच चुनिएका छन्। 

१९९२ मा भारत र अष्ट्रेलियाले पछिल्लो २ विश्वकप ( १९८३ भारत र १९८७ अस्ट्रेलिया ) जितेका थिए भने २०१९ मा भारत र अष्ट्रेलिया पनि यो पटक पछिल्लो २ विश्वकप ( २०११ भारत र २०१५ अस्ट्रेलिया) का विजेता हुन। 

१९९२ मा पाकिस्तानको पुर्व राष्ट्रपति आसिफ अलि जर्दारी जो बेनजिर भुट्टोको पति समेत थिए उनि जेलमा थिए भने २०१९ मा पनि असिफ अलि जर्दारी पुनः जेल पुगेका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved