सन्यास लिने क्रिस गेलको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 09:57:23 AM मा प्रकाशित

laxmi  sunrise bank

वेष्ट इन्डिजका ३९ बर्षिय बिष्फोटक ब्याट्सम्यान क्रिस गेलले सन्यास लिने भएका छन् । उनले भारतका बिरुद्ध अगष्ट देखि सेप्टेम्बरमा हुने टेष्ट र वान डे सिरिज खेलेर सन्यास लिने इच्छा ब्यक्त गरेका हुन् ।

उनले यसअघि विश्वकपको समाप्तिपछि सन्यास लिने इच्छा ब्यक्त गरेका थिए । तर बुधबार उनले मिडियासँग कुरा गर्दै मन बदलेको बताएका छन् । उनले आफ्नो अन्तिम खेल भारत बिरुद्ध जमैकाको क्रिस्टन मैदानमा खेलेर सन्यास लिन चाहेको जानकारि दिए । 

यदि वेष्ट इन्डिजको बोर्डले गेलको प्रस्ताव मानेको खण्डमा स्टीभ वा (२००४), ज्याक्स कैलेश (२०१३) तथा एलिस्टर कुक (२०१९) पछि भारत बिरुद्ध सिरिज खेलेर सन्यास लिनेमा उनको पनि नाम सामेल हुनेछ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved