रोमान्चक खेलमा अफगानिस्तानमाथि पाकिस्तानको जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2019 | 09:02:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एकदिवसीय विश्वकप क्रिकेट २०१९ को ३६ औं खेलमा अफगानिस्तान बिरुद्द पाकिस्तानले संघर्षपूर्ण जित हात पारेको छ। लिड्स खेल मैदानमा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै २०१९ को सेमीफाइनलमा पुग्ने आशालाई जीवित राखेको छ। 

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ५० ओभर खेल्दै पकिस्तानलाई २२७ रनको लक्ष्य दिएको थियो। अफगानिस्तानले दिएको लक्ष्य पाकिस्तानले अन्तिम ओभरको १ बल बाँकि रहंदा भेट्टाएको थियो।

इमाद वसिम यस प्रतियोगितामा पाकिस्तानको लागि म्याच फिनिसर रहे। उनले ५४ बलमा नट आउट ४९ रन जोडे। यस प्रतियोगितामा जित हात पारेसंगै पाकिस्तानले ८ खेलबाट ९ अंक जोडेर चौंथो स्थानमा पुगेको छ।  पाकिस्तानले अब बंगलादेशसंग खेल्नेछ भने भारत र न्युजिल्याण्डबीचको खेल समेत पाकिस्तानको सेमिफाइनल यात्रा तय गर्नेछ। पाकिस्तानले बंगलादेशलाई हराएको अवस्था र न्युजिल्याण्डले एक हार बेहोरेको अवस्थामा पाकिस्तान सेमिफाइनल पुग्नेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved