भारतको पहिलो हारपछि सेमिफाइनल दौड थप रोचक, कसको सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 11:51:02 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा हालसम्म अपराजित रहेको भारतले पहिलो हार बेहोरेपछि सेमिफाइनल समीकरण रोचक बनेको छ । आइतबार भएको खेलमा इंग्ल्यान्डले भारतलाई ३१ रनले पराजित गरेको हो । आइतबारको खेल भारतले जितेको भए भारतलाई मात्र नभई बंगलादेश, पकिस्तान र श्रीलंका समेत फाइदा पुग्ने थियो 

तर भारत पराजित भएपछि बाँकि ३ एशियाली टोलीलाई केहि धक्का लागेको छ । यद्यपि उनीहरुको सेमिफाइनलको सम्भावना भने कायम छ । हालसम्म अष्ट्रेलियाले मात्र सेमिफाइनल यात्रा पक्का गरिसकेको छ । बाँकि ३ स्थानको लागि ६ टिमको सम्भावना कायम नै छ । 



सेमिफाइनलमा पुगे कसको सम्भावना कति ? 

१. अष्ट्रेलिया 

८ खेलबाट १४ अंक जोडेको अष्ट्रेलिया सेमिफाइनलमा स्थान पक्का गरेको एक मात्र टिम हो । उसले अन्तिम खेल साउथ अफ्रीकासंग खेल्ने छ । अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेको र  साउथ अफ्रीका बाहिरिसकेकोले यस खेलको नतिजाले केहि फरक पर्ने छैन 

२. भारत 

भारतको ७ खेलबाट ११ अंक भएको छ । भारतले बंगलादेश र श्रीलंकासंग खेल बाँकि छ । यी मध्ये कुनै एउटा मात्र खेल जिते पनि भारत सेमिफाइनलमा पुग्ने छ । दुवै खेल हारे पनि भारत रन रेटको आधारमा दोस्रो चरण पुग्न सक्छ । हाल भारतको रन रेट पाकिस्तान र बंगलादेशको भन्दा राम्रो छ 

३. न्युजील्याण्ड 

८ खेलबाट ११ अंक जोडेको न्युजील्याण्डले अब अन्तिम खेल इंग्ल्यान्डसंग खेल्ने छ । सेमिफाइनलमा पुग्न न्युजील्याण्डलाई यो खेल जित्नै पर्ने छ । आइतबार भारतले जितेको भए न्युजील्याण्ड सेमिफाइनलमा पुग्ने थियो । यो खेलमा पराजित भएपनि न्युजील्याण्ड नेट रन रेटको आधारमा सेमिफाइनलमा पुग्न सक्छ । 

४. इंग्ल्यान्ड 

चौथो स्थानमा रहेको इंग्ल्यान्डको हाल ८ अंकबाट १० अंक छ । सेमिफाइनलमा पुग्न इंग्ल्यान्डले न्युजील्याण्डलाई पराजित गर्नै पर्छ । न्युजील्याण्डसंग पराजित भए  इंग्ल्यान्ड सेमिफाइनलमा पुग्नको लागि नेट रन रेटको सहारा लिनु पर्ने छ । 

५. पाकिस्तान

पाकिस्तानको ८ खेलबाट ९ अंक भएको छ । भारत पराजित भएपछि पाकिस्तानलाई केहि धक्का लागेको छ  पाकिस्तानले अन्तिम खेलमा  बंगलादेश संग खेल्ने छ ।  सेमिफाइनलमा पुग्न पाकिस्तानले बंगलादेशलाई पराजित गर्नु पर्ने छ  । यसको साथै न्युजील्याण्डले इंग्ल्यान्डलाई पराजित गर्नु पर्ने छ । तर इंग्ल्यान्डले खेल जितेमा पाकिस्तान बाहिरिने छ 

६. बंगलादेश 

बंगलादेशको ७ अंकबाट ७ अंक नै छ । उसले भारत र पाकिस्तान संग खेल बाँकि छ । बंगलादेश सेमिफाइनलमा पुग्न यी दुवै खेल जित्नु पर्छ । तर दुवै खेल जितेर मात्र सेमिफाइनल स्थान पक्का हुदैन, रन रेटको भर पर्नु पर्छ । तर भारतसंग पराजित भए बंगलादेशको सेमिफाइनल सम्भावना सकिने छ 

७, श्रीलंका 

श्रीलंकाको ७ खेलबाट ६ अंक छ । उसको सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना मात्र बाँकि छ । 

श्रीलंका सेमिफाइनलमा पुग्न निम्न नतिजा आउनु पर्छ । 

-भारतले बंगलादेशलाई पराजित गर्नुपर्छ, 

-बंगलादेशले पाकिस्तानलाई पराजित गर्नुपर्छ, 

-न्युजील्याण्डले इंग्ल्यान्डलाई भारी अन्तरले पराजित गर्नु पर्छ, 

-श्रीलंका आफैले वेस्ट इन्डिज र भारतमाथि ठुलो अन्तरको जित हात पर्नु पर्छ 

साउथ अफ्रीका, वेस्ट इन्डिज र अफगानिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना भने समाप्त भएको छ । 

नोट: यो विश्लेषण भारत र इंग्ल्यान्डको खेलपछि गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved