इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै, सेमिफाइनल पुग्न कसलाई कस्तो नतिजा आवश्यक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 09:52:31 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा आज न्युजील्याण्ड र इंग्ल्यान्ड भिड्दै छन् । सेमिफाइनल पुग्ने २ टोलीको टुंगो लागिसकेको छ। भारत र अस्ट्रेलियाले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

आजको खेल जित्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने छ । तर आजको खेल हार्ने टोलीको पनि सेमिफाइनलमा स्थान बनाउने सम्भावना कायम नै रहन्छ । हाल न्युजील्याण्ड ११ अंक सहित तेस्रो स्थानमा छ भने इंग्ल्यान्ड १० अंक सहित चौथो स्थानमा छ ।  आज न्युजील्याण्डले जिते उसको १३ अंक हुन्छ र इंग्ल्यान्ड १० अंक मै कायम रहन्छ । हाल ९ अंक रहेको पाकिस्तानले अन्तिम खेल बंगलादेशसंग खेल्ने छ  ।  यदि आज इंग्ल्यान्ड हारे र अर्को खेल पाकिस्तानले जितेमा पाकिस्तान सेमिफाइनलमा पुगेर इंग्ल्यान्ड बाहिरिने छ   । 

यदि आज न्युजिल्यान्डले हारे र अर्को खेल पाकिस्तानले जिते दुवै टोलीको समान ११-११ अंक हुनेछ  । न्युजील्याण्डको रन रेट पाकिस्तानको राम्रो भएकोले न्युजिल्यान्ड दोस्रो चरण प्रवेश गर्ने छ  । यदि आज न्युजिल्यान्ड ठुलो अन्तरले पराजित भए मात्र अर्को खेल भारि अन्तरले जित्दै पाकिस्तान सेमिफाइनल जान सक्छ  । 

आज इंग्ल्यान्डले जितेमा, अर्को खेल पाकिस्तानले हारेमा , र श्रीलंकाले आफ्नो अन्तिम खेल जितेमा इंग्ल्यान्ड र श्रीलंकाको समान १०-१० अंक हुनेछ  । तर नेट रन रेट इंग्ल्यान्डको राम्रो भएकोले इंग्ल्यान्ड दोस्रो चरण पुग्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved