२७ वर्षपछि इंग्ल्याण्ड विश्वकप क्रिकेटको सेमीफाइनलमा, पाकिस्तानलाई दुखद खबर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 09:19:09 PM मा प्रकाशित

laxmi  sunrise bank

इंग्ल्यान्ड क्रिकेट विश्वकप्को सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा न्युजिल्यान्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान  पक्का गरेको हो । 

टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३०५ रन जोड्यो । इंग्ल्यान्डको लागि जोनी बरिस्टोले शतकीय पारि खेल्दै १०६ रन जोडे भने जेसन रोयले ४० तथा कप्तान मोर्गनले ४२ रन जोडे । 

३०६ रनको विजय लक्ष्य लिएर मैदान उत्रेको न्युजिल्यान्ड ४५ ओबह्र मै अल आउट हुदै १८६ रन मात्र जोड्न सक्यो । न्युजिल्यान्डका लागि टम लथामले सर्बाधिक ५७ तथा रस टेलरले २८ र केन विलियमसंनले २७ रन जोडे । इंग्ल्यान्डको लागि मार्क उडले सर्बाधिक ३ विकेट लिए । 

यो खेलपछि इंग्ल्यान्डको ९ खेलबाट १२ तथा न्युजिल्यान्डको ९ खेलबाट ११ अंक भएको छ ।  पाकिस्तानको ८ खेलबाट ९ अंक छ । यदि आगामी शुक्रबार हुने खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेमा पाकिस्तानको पनि समान ११ अंक हुने छ । यस हिसाबमा सेमिफाइनलमा पुग्ने चौथो टोली नेट रन रेटको आधारमा छानिने छ । 

हाल पाकिस्तानको भन्दा न्युजिल्यान्डको रन रेट धेरै राम्रो छ । पाकिस्तानले सेमिफाइनलमा पुग्नको लागि बंगलादेशलाई ३ सय १६ रन वा सो भन्दा बढीले पराजित गर्नु पर्ने हुन्छ ।   त्यस्तो सम्भावना कम नै रहेकोले सेमिफाइनलमा अष्ट्रेलिया, भारत , इंग्ल्यान्ड र न्युजिल्यान्ड खेल्ने निश्चित जस्तै छ ।

यस्तो छ आजको खेलपछि अंक तालिका : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved