सेमीफाइनलमा कस्को भिडन्त को सँग ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 11:28:05 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसि विश्वकप  सेमीफाइनलको लागि चार वटा टिमको नाम लगभग तय भईसकेको छ। सेमीफाइनलको लागी छनोट हुने अष्ट्रेलिया पहिलो टिम रहेको थियो ।  त्यसपछि भारत अनि इंग्ल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान बनाएका छन् । बुधबाार भएको खेलमा  न्यूजील्याण्ड इंग्ल्याण्डसँग पराजित भएपनि लगभग सेमीफाइनलमा पुग्ने पक्का भएको छ। पाकिस्तानले  बंगलादेशलाई  हराए पनि न्यूजील्याण्डको रनरेट पाकिस्तान को भन्दा धेरै रहेकोले न्युजील्याण्डको टिम सेमीफाइनलमा पुग्नेछ। 

सेमीफाइनलको खेल जुलाइ ९ बाट सुरु हुनेछ । सेमीफाइनलमा कस्को खेल को सँग हुन्छ भन्ने कुराको फैसला जुलाई ६ तारिखमा अष्ट्रेलिया र दक्षीण अफ्रिकाबीच हुने खेलबाट हुनेछ । उक्त खेलमा अष्ट्रेलियाले जित हासिल गर्न सफल भयो भने जुलाइ ९ मा हुने सेमीफाइनलको पहिलो खेलमा न्युजील्याण्ड र अष्ट्रेलिया भिड्नेछन् र जुलाई ११ मा भारत र इंग्ल्याण्ड भिड्नेछन् । तर उक्त खेल दक्षीण अफ्रिकाले जितेको खण्डमा भारत र न्युजिल्याण्ड ९ जुलाईमा भिड्नेछन् भने इंग्ल्याण्ड र अष्ट्रेलिया ११ जुलाईमा भिड्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved