तेश्रो उपाधि जित्न भारतलाई कति सहज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 05:19:20 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप सेमीफाइनलको लागि चार वटा टिमको नाम लगभग तय भईसकेको छ। अस्ट्रेलिया, भारत र इंग्ल्याण्ड सेमिफाईनलमा पुगिसकेका छन् । बुधबाार भएको खेलमा  न्यूजील्याण्ड इंग्ल्याण्डसँग पराजित भएपनि सेमीफाइनलमा पुग्ने भएको छ। पाकिस्तानले  बंगलादेशलाई  हराए पनि न्यूजील्याण्डको रनरेट पाकिस्तान को भन्दा धेरै रहेकोले न्युजील्याण्डको टिम सेमीफाइनलमा पुग्नेछ। सेमीफाइनलको खेल जुलाइ ९ तारिखदेखि शुरु हुनेछ ।

दुई पटक उपाधि जितेको भारत जारि विश्वकपमा उत्कृष्ट लयमा रहेको छ । अहिलेसम्म ८ खेल खेलेको भारतले एकमा मात्र हार ब्यहोरेको छ । भारतलाई इंग्ल्याण्डले ३१ रनले पराजित गरेको थियो । सेमीफाइनलमा कस्को खेल को सँग हुन्छ भन्ने कुराको फैसला जुलाई ६ तारिखमा अष्ट्रेलिया र दक्षीण अफ्रिकाबीच हुने खेलबाट हुनेछ । उक्त खेलमा अष्ट्रृलियाले जित हासिल गर्दा भारतले जुलाई ११ मा इंग्ल्याण्डको सामना गर्नुपर्नेछ । तर उक्त खेल दक्षीण अफ्रिकाले जितेको खण्डमा भारतको खेल न्युजिल्याण्डसँग ९ जुलाईमा हुनेछ ।

विराट कोहलीको  कप्तानीमा  रहेको भारतिय  टीमले लयमा खेलिरहेको छ। यदि भारतको मध्यक्रमलाई छोड्ने हो भने टिमले फील्डमा राम्रो प्रदर्शन गरिरहेको छ।

यदि सेमीफाइनलमा  भारतको  खेल इंग्ल्याण्डसँग भएका भारतको उपाधि यात्रा कठिन हुनसक्ने जनाइएको छ । यसअघि भएको खेलमा इंग्ल्याण्डले भारतलाई पराजित गरेको थियो ।

यदि  सेमीफाइनलमा भारतको सामना न्यूजील्याण्डसँग भयो भने फाइनलमा जान सजिलो हुनसक्ने जनाइएको छ। केन विलियमसनको  कप्तानीमा रहेको न्युजील्याण्डको टीमले विश्वकपको शुरुवाती खेलहरुमा राम्रो प्रदर्शन गरे पनि पछिल्ला खेलहरुमा न्युजील्याण्डले पाकिस्तान, अष्ट्रेलिया र इंग्ल्याण्डसँग पराजय भोगेको छ। न्युजील्याण्डको टीमले पछिल्ला खेलहरुमा कमजोर ब्याटिङ गरिरहेकाले भारतलाई उपाधि यात्रामा सहज हुनसक्ने जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved