सबै खेल हार्दै टुंगियो अफगानिस्तानको विश्वकप यात्रा, १ करोड पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 09:09:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तान २०१९ को विश्वकपको सबै खेल हार्ने एक मात्र टिम बनेको छ । आज भएको समुह चरणको अन्तिम खेलमा पनि अफगानिस्तानले हारे बेहोरेको हो । 

आज भएको खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई २३ रनले पराजित गरेको हो । टस जितेर ब्याटिंग गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा  ६ विकेटको क्षतिमा ३११ रन बनाएको थियो । वेस्ट इन्डिजको लागि शाही होपले सर्बाधिक ७७ रन तथा निकोलस पुरण र इविन लुईसले समान ५८ रन बनाए । 

३१२ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रेको अफगानिस्तान ५० ओभरमा अल आउट हुदै २८८ रन मात्र जोड्न सक्यो । अफगानिस्तानको लागि ईकरम अलि खिलले सर्बाधिक ८६ तथा रेहामत शाहले ६२ रन जोडे ।

सबै खेल हारेपनि अफगानिस्तानले  १ लाख डलर अर्थात्  १ करोड १० लाख नेपाली रुपैयाँ पाउने छन्  । यस विश्वकपमा विजेता टिमले ४ मिलियन डलर प्राप्त गर्नेछ । साथै दोश्रो हुने टिमले २ मिलियन डलर रकम पुरस्कार जित्नेछन् । यसैगरि तेस्रो र चौथो हुने टिमले समान ८ लाख डलर पुरस्कार जित्नेछन् । प्रत्येक लिग चरणको खेल जित्ने टिमले एक जित बराबर ४० हजार डलर रकम प्राप्त गर्नेछ । लिग चरण पार गर्न नसक्ने ६ टिमले समान १ लाख डलर रकम प्राप्त गर्नेछ । सोहि अनुसार अफगानिस्तानले १ लाख डलर पाउने भएको हो ।  

  आईसीसी विश्वकप २०१९ को फाइनल खेल  जुलाई १४ मा लर्ड्स मैदानमा हुनेछ । 

यस्तो छ पुरस्कार राशीको विवरण । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved