पाकिस्तानी क्रिकेटर मलिकद्धारा सन्यासको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2019 | 09:54:44 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानी क्रिकेटर शोएब मलिकले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनी पाकिस्तानका अलराउन्डर क्रिकेटर हुन् । आफ्नो २० वर्षे वन डे करियरलाई विश्राम दिँदै मलिकले वन डे करियरबाट सन्यास लिएको घोषणा गर्दै फ्यानहरुलाई धन्यवाद दिएका छन् । 

मलिकले सन् १९९९ अक्टुबरमा वेष्टइन्डिजविरुद्धको खेलबाट वन डे करियर सुरुवात गरेका थिए । उनले पाकिस्तानका लागि कुल २८७ खेल खेले । नौ शतक र ४४ अर्धशतकका साथ उनले ७ हजार ५३४ रन बनाए । उनले १५८ विकेट लिएका छन् ।

मलिक पाकिस्तानको टेस्ट र टी–२० टिमको सदस्य पनि रहे । ३५ टेस्ट म्याच खेलेका उनले तीन शतक र ८ अर्धशतक बनाउँदै १ हजार ८९८ रन बनाए । १११ टी–२० म्याचमा उनले सात अर्धशतक हान्दै २ हजार २६३ रन बनाए ।

मलिकले अन्तिम वन डे जारी विश्व कपमा भारतविरुद्ध १६ जुनमा खेलेका थिए । यो म्याचमा उनी पहिलो बलमै शून्य रनमा आउट भएका थिए । त्यो खेलमा पाकिस्तान ८९ रनले पराजित भयो ।

शुक्रबारको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हरायो । मलिक यो खेलमा टिमा परेनन् । बंगलादेशविरुद्ध पाकिस्तान विजयी भएपछि शोएब मलिक मैदानमा आए । टिमका सबै खेलाडिहरुले दुईतिर उभिएर उनलाई गार्ड अफ अनर दिएर सम्मान गरे । उनले त्यहीँ सन्यासको घोषणा गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved