सेमीफाइनल नखेली फाइनलमा पुग्न सक्छन् भारत र अष्ट्रेलिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 01:23:31 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा मंगलबार पहिलो सेमीफाइनलको खेल भारत र न्युजिल्याण्डबीच हुदैछ । शनिबार भएको खेलमा श्रीलंकाले जित निकालेपछि यस्तो समीकरण बनेको हो ।

योसँगै फाइनलमा पुग्न पहिलो स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्युजिल्याण्ड भिड्नेछन् । तर एक यस्तो संभावनाको खुलासा भएको छ जसमा भारत र अष्ट्रेलियाले सेमीफाइनलको खेल नखेलिकनै फाइनलमा पुग्नेछन् । यसको लागि इन्द्रदेवताको आशिर्वाद जरुरी छ ।

ब्रिटेनको मौसम बिभागले मंगलबार पानि पर्ने सम्भावना रहेको बताएको छ । यदि पानि परेको खण्डमा पहिलो सेमीफाइनल खेल रद्द हुनेछ र दुवै टिमलाई एक/एक अंक बाढिनेछ । यस्तो भएमा भारत एउटा पनि बलिङ नगरिकनै अंकतालिकामा रहेको आफ्नो उपस्थितिको आधारमा फाइनलमा प्रवेश गर्नेछ ।

तर यहाँ अर्को एउटा समस्या छ । लिग चरणको खेलमा एउटा प्रतियोगिताको लागि एक दिनको समय छुट्ट्याइएको हुन्छ जसले गर्दा समयमा खेल कुनै कारणवश हुन नसकेमा अंक बाढिन्छ । तर सेमीफाइनलको खेलको लागी एक दिनको अर्को समय राखिएको हुन्छ । पहिलो दिन कुनै कारणवश खेल  हुन नसकेमा दोश्रो दिन खेल गरिन्छ ।

मंगलबार खेल स्थगीत भएमा बुधबार खेल खेलाइनेछ तर यहाँ पनि समस्या रहेको छ । मौसम बिभागको अनुसार बुधबार आकाशमा बादल छाइरहने र पानी पर्ने सम्भावना छ । यदि यस्तो भएमा खेल रद्द हुने र दुबै टिमले समान एक/एक अंक बाड्नेछन् । भारत १५ अंकको साथ शिर्ष स्थानमा छ जसको कारण स्वत फाइनलमा पुग्नेछ । 

जारी विश्वकपमा लिग चरणका ४५ खेल मध्ये ७ खेल बर्षाको कारण हुन सकेको थिएन । 

अर्कोतर्फ आयोजक इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दैछन् । एजबैस्टनमा हुने यी दुइ बीचको खेलमा बर्षात हुने सम्भावना रहेको छ । यदि यस्तो भएमा १४ अंकको साथ दोश्रो स्थानमा रहेको अष्ट्रेलिया पनि बिना बलिङ फाइनलमा पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved